गुठीको जग्गामा रहेका जनताको समस्या समाधान गर्न सांसद नारायणी शर्माको माग

काठमाडौँ । सांसद नारायणी शर्माले राष्ट्रिय भूमि आयोगले काम गरिरहे पनि राजस्व तिर्न नसक्दा जनताले जमिन पाउनबाट वञ्चित रहेको बताएकी छिन् । उनले भूमिहीन तथा गुठीको जग्गामा रहेका जनताका समाधान गर्नका लागि सरकारका लागि ध्यानाकर्षण गराएकी छिन् ।
आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले भनिन्– ‘भूमि आयोगले काम गरिरहे पनि कैयौँ कानुनी जटिलताका कारण जनताले जग्गाधनी पुर्जा पाउन सकिरहेका छैनन् । अधिक राजस्वले गर्दा जनताले पुर्जा लिन सक्ने अवस्था पनि छैन । नियम कानुनले पनि पुर्जा लिन समस्या भइरहेको छ । वनसम्बन्धी नियम वाधक भए त्यसलाई बदल्नुपर्ने र वनको समस्या हो भने जमिन साटफेर कार्यक्रम बनाएर भए पनि टुङ्गोमा पुर्याउनुपर्छ ।’
यस्तै गुठीको जग्गाको समस्या रहेको बताउँदै वर्षौदेखि उनीहरुले खेती गर्दै आए पनि दाङ लगायतका क्षेत्रमा गुठीको जग्गाको कारण जनताहरू समस्यामा रहेको बताउँदै सांसद शर्माले सरकारको ध्यानाकर्षण गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक