सांसद दीपक खड्काको गुनासो : स्काउटका भण्डारीले मेरो चरित्रहत्या गरे

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक खड्काले नेपाल स्काउटका प्रमुख आयुक्त लोकबहादुर भण्डारीले आफ्नो चरित्रहत्या गरेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद खड्काले नेपाल स्काउट र खड्काल्याण्ड कम्पनीबिच २०६३ सालमा विधिवत रुपमा टेन्डरमार्फत स्काउटमा भवनहरु भाडामा लिएको र १० वर्षपछि पुनः टेन्डरमार्फत प्रक्रिया पूरा गरेर त्यहाँका भवन भाडामा लिइएको बताए ।
स्काउटले बनाएका भवन र खाली जग्गा विधिवत रुपमा भाडामा लिएर व्यवसाय गरेको र हालसम्म स्काउटलाई १३ करोड बुझाइसकेको जानकारी गराए । केपी ओली प्रधानमन्त्री भएको बेला स्काउटको प्रमुख भएर आएका भण्डारीले नियुक्त भएर आएदेखि किचलो सुरु गरेको बताए ।
स्काउटका ५ वटा संरचनामा व्यवसाय गरेकालाई हटाएर भण्डारीले स्काउटमा मनोमानी गरिरहेको बताए । स्काउटको निर्वाचन गराउन ६ महिनाका लागि गएका भण्डारी साढे ५ बर्षसम्म बसेर स्काउटको सम्पत्ति दोहनमा लागिरहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता केन्द्रकै कारण स्थगित भयाे : मुख्यमन्त्री कँडेल
-
नेपाली श्रमिकको स्वास्थ्यका लागि सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह
-
तीन महिनाको अवधिमा विपद्जन्य घटनाबाट ४१ जनाको मृत्यु, करोडौँको क्षति
-
भारतबाट पोखरा जाँदै गरेको बस दुर्घटना, २१ जना घाइते
-
सङ्घीय मामिलामन्त्री गुप्ता अमेरिका प्रस्थान
-
राप्रपा नेताहरू पशुपति, प्रकाशचन्द्र, रवीन्द्र, धवललगायतको पद धरापमा !