सम्बन्ध विच्छेदपछि राजनीतिमा आउँदै इशा देओल
![सम्बन्ध विच्छेदपछि राजनीतिमा आउँदै इशा देओल](https://npcdn.ratopati.com/media/news/isha2_Db5tPdt2iC.jpg)
नयाँ दिल्ली । भारतीय अभिनेत्री इशा देओल राजनीतिमा प्रवेश गर्ने भएकी छिन् । अभिनेत्री इशाले हालै मात्र भरत तख्तानीसँग ११ वर्ष पुरानो वैवाहिक सम्बन्ध तोडेकी थिइन् । यो खबरले इशाका फ्यानहरुलाई निक्र ठुलो झट्का लागेको थियो । ठुली छोरीको घर बिग्रेपछि अभिनेता धर्मेन्द्र निकै दुःखी भएका थिए ।
यसैबिच अभिनेत्री हेमा मालिनीले भने छोरी इशाको भावी योजनाबारे कुराकानी गरेकी छिन् । आफ्नै दुवै छोरीहरू इशा र अहानालाई राजनीतिमा रुची भएको बलिउडकी ड्रिम गर्लले एबीपी न्यूजलाई दिएको अन्तरवर्तामा भनेकी थिइन् । इशा राजनीतिमा प्रवेशका लागि निकै इन्टरेस्टेड भएको अनि यो सब उनलाई मन पर्ने हेमाको भनाई थियो । ‘आउँदा वर्षहरूमा उसलाई ठीक लाग्यो भने उनी आवश्यक राजनीतिमा सामेल हुनेछिन् ।’ हेमाले भनिन् ।
आज आफूले राजनीतिज्ञको रुपमा काम गर्न सकिरहनुको कारण आफ्नो परिवारको साथ र सहयोग भएको उनले बताएकी छिन् । धर्मेन्द्र नेतागिरीमा आफूलाई निकै सहयोग गरेको उनले बताइन् । ‘मेरो परिवार हरहमेशा मेरो साथ मै रह्यो । परिवारको कारणले नै मैले यो सबै गर्न सकेकी हुँ ।’ हेमाको भनाई छ । हेमा लामो समयदेखि राजनीतिमा छिन् । उनको जेठी छोरी कहिले राजनीतिमा आउँछिन् यो चाँहि हेर्न बाँकी नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भरतपुरका ६ स्थानमा ‘ट्राफिक लाइट’ राखिने
-
‘विकास निर्माण गर्न नदिएर ताप्लेजुङलाई मसानघाट बनाउने हो ?’
-
मेक्सिकोमा बस र ट्रक ठोक्किँदा आगलागी, ४१ जनाको मृत्यु
-
५० हजारको लफडाले साढे चार महिनादेखि अड्कियो झ्याप्लेखोला पहिरोको बीमा रकम
-
फिलिप्सको शतकसामु निरीह बन्यो पाकिस्तान
-
विभिन्न मुद्दामा फरार रहेका ११ प्रतिवादी पक्राउ