युक्रेनले थप हतियार नपाए युरोपलाई ‘विनाश’बाट बचाउन गाह्रो : जेलेन्स्की
किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले थप हतियारको माग गरेका छन् । युक्रेनले थप हतियार नपाउने हो भने युरोपलाई ‘विनाश’बाट बचाउन गाह्रो हुने जेलेन्स्कीले बताएका छन् । अहिले हतियारको कृत्रिम अभाव सिर्जना भएको छ । यसले रुसलाई मात्र फाइदा पुग्ने जेलेन्स्कीले जर्मनीमा एक अन्तर्राष्ट्रिय सम्मेलनमा भनेका हुन् ।
उनका अनुसार युक्रेनी सेनासँग हतियार र गोला बारुद सकिएको छ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने अमेरिकी संसदमा युक्रेनलाई आर्थिक सहयोग गर्ने प्रस्तावलाई अड्किएको पनि उनले बताए ।
आफू ट्रम्पसँग सीमामा जान पनि तयार रहेको उनले बताए । ‘यदि ट्रम्प सत्तामा फर्किए भने म उनीसँग सीमामा जान तयार छु । मेरो मतलब वास्तविक युद्धसँग हो । इन्स्टाग्राममा लडिरहेको युद्धसँग होइन । म वास्तविक रणभूमिको कुरा गर्दैछु,’ जेलेन्स्कीले भने । युक्रेनको पूर्वी सहर एभडिभकाबाट युक्रेनले आफ्ना सेना फिर्ता बोलाएका छन् । यस सहरमा युक्रेनी सेनाले हतियार र गोलाबारुदको अभाव भोगिरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानको बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो
-
कानुन नहुँदा मनोरञ्जनात्मक क्षेत्रका महिला श्रमिकलाई समस्या
-
राज्यले शिक्षकहरूमाथि गरेको बर्बरता काँग्रेसले सहन सक्दैन : डा.शेखर कोइराला
-
त्रिभुवन विश्वविद्यालयले ‘अङ्ग्रेजी भाषा शिक्षण र प्रायोगिक भाषा विज्ञान’ सम्मेलन गर्दै
-
‘होस्टेल ३’ काे ५१ औँ दिन पूरा : कलाकार तथा युनिटलाई प्रशंसा पत्र प्रदान
-
तीनै तहको समन्वयमा विकासलाई तीव्रता दिऔँ : मन्त्री दाहाल