कविता
व्यापारीहरूको सरकार
आइतबार, ०६ फागुन २०८०, ०९ : ५०

अब त व्यापारीहरूको आफ्नै
सरकार भएछ
यहाँउहाँ जहाँतहाँ जेमा पनि
व्यापार भएछ ।
एकचोटी डाक्टरको क्लिनिकमा गएँ
पटकपटक धाउने भएँ
थरीथरीका औषधी खाँदाखाँदै
औषधी नभए बिरामी पर्ने भएँ ।
सरकारी स्कुल अब स्कुलै रहेन
टाई लगाई बोर्डिङमा एस–नो भनियो
प्लस टु पढी सकिँदासम्म
बाउबाजेले आर्जेको सारा सकियो ।
बाउबाजेको थाप्लोको ऋण तिर्न
सर्टिफिकेट थन्काई पेटपाल्न हिँडियो
उच्च शिक्षा हासिल गर्ने धोको
खाडीको तातोमा आँसुसँगै बालियो ।
अब धान फल्ने खेत प्लटिङ गर्ने
व्यापारी ठेकेदार भएछ
लघुवित्त ऋणमा चर्र्काे ब्याजदरको
यो कस्तो व्यापार भएछ
परापूर्वदेखिको धर्म, संस्कृति, समाजमा
अब व्यापार छिरेछ
अब त व्यापारीहरूको आफ्नै
सरकार भएछ ।
(लस एन्जेलस)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको चैत मसान्तसम्म खर्च जम्मा ३९ प्रतिशत, कुन मन्त्रालयको कति ?
-
नारायणको बार आज कुन राशिलाई कति लाभ ?
-
चीनमा भूकम्प, काठमाडौँसम्म धक्का महसुस
-
आईपीएलमा पञ्जाबभन्दा पनि न्यून स्कोर बनाएर हार्यो कोलकाता
-
स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
नारायणघाट-बुटवल सडकमा साना पुल निर्माण सम्पन्न