घोराही सिमेन्ट उद्योगका म्यानेजरमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ
बुटवल। दाङको घोराहीस्थित घोराही सिमेन्ट उद्योगका म्यानेजर विष्णु घिमिरेलाई कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । परिवारसहित सिमेन्ट उद्योगभित्र क्वाटर लिई बसेका घिमिरेमाथि कुटपिट गरेको जाहेरी परेपछि घोराही गोग्लीकै ४५ वर्षीय वसन्त अधिकारी, ३८ वर्षीय यादव अधिकारी र ४० वर्षीय खिमबहादुर डाँगीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनाविरुद्ध मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । वसन्त स्थानीय माओवादी नेता हुन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी जनक मल्लले अनधिकृत क्षेत्रमा प्रवेश गरेर आपराधिक उपद्रो गरेको कसुरमा तीन जनाविरुद्ध अदालतबाट म्याद थप भई घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
सिमेन्ट उद्योगका महाप्रबन्धक नन्दकिशोर सिंहलेले उनीहरुविरुद्ध प्रहरीमा जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए । उनीहरुले सिमेन्ट उद्योगमा एकलौटी रूपमा कामदार सप्लाई र आफ्ना मात्रै टिपर चलाउन पाउनुपर्ने माग राख्दै घिमिरेमाथि कुटपिट गरेको एसपी केसीले बताए ।
फौजदारी अभियोग भएकाले दाङ जिल्ला अदालतले थप अनुसन्धान गर्न ५ दिनको समय दिएको र अहिले उनीहरूलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको डिएसपी मल्लले बताए ।
क्वाटरमा परिवारसहित बसेको व्यक्तिमाथि धाक धम्की र डर देखाई हुल हुज्जत गर्नु गैर कानुनी काम भएको र त्यसरी अनधिकृत क्षेत्रमा प्रवेश गरेमा ६ महिना कैद वा ५ हजार जरिवाना र आपराधिक उपद्रो गरेमा ५ वर्ष कैद वा २० देखि ५० हजार जरिवाना हुने कानुनी व्यवस्था रहेको डिएसपी मल्लले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एनपीएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
-
दश दिक्पाल र पूर्वका देवता इन्द्र
-
कोप–२९ को सहमति : कार्बन बजार सुनिश्चिता कति सम्भव ?
-
पश्चिमी वायुको प्रभाव कायमै, कस्तो रहला देशभरको मौसम ?
-
पशुपतिनाथमा मेला, पितृको सद्गतिका लागि बत्ती बाल्न ओइरिंदै भक्तजन
-
शुभकार्य वा वैदेशिक यात्रा गर्दै हुनुहुन्छ ? हर्नुहोस् आजको राशिफल