कास्कीका एसपी मोहन थापा पुरस्कृत

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन थापा पुरस्कृत भएका छन् । गण्डकी प्रदेश सरकारकाले प्रदेश सरकारको छैटौँ स्थापना दिवसको अवसरमा थापालाई उत्कृष्ट इन्चार्जको घोषणा गर्दै पुरस्कृत गरेको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एसपी थापालाई प्रशंसा पत्र र नगद २५ हजार प्रदान गरेका हुन् । थापा विगत ५ महिनादेखि जिल्ला प्रहरी कार्यालय कास्कीको इन्चार्जको जिम्मेवारीमा छन् । कास्कीको शान्ति सुरक्षा थप मजबुद बनाउन र अपराध अनुसन्धानमा सफलता हासिल गर्न एसपी थापाको योगदान महत्त्वपूर्ण रहेको गण्डकी प्रदेश सरकारको मूल्याङ्कन छ ।
प्रदेश सरकारले प्रहरी वरिष्ठ उपरीक्षक अरुण पौडेल र प्रहरी नायव उपरीक्षक भोजराज पाण्डे, सशस्त्र प्रहरी बलतर्फ प्रहरी नायव उपरीक्षक रविन अधिकारी, प्रहरी हवलदार रवीन्द्र थापा र जवान माधव भुसाललाई पनि पुरस्कार प्रदान गरेको छ ।
स्थापना दिवसको अवसरमा शान्ति सुरक्षा तथा विपद् उद्धार प्रोत्साहन पुरस्कारबाट नेपाली सेनातर्फ सुबेदार सञ्जीवबाबु श्रेष्ठ, प्यूठ जीवन मल्ल र जवान उमेश बानियाँ पुरस्कृत भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय