शालाह फर्किँदा लिभरपुललाई पाँच अङ्कको अग्रता

लण्डन । नयाँ वर्षको दिनपछि मोहम्मद शालाहले लिभरपुलका लागि पहिलोपटक गोल गर्दा टोलीले ब्रेन्टफोर्डलाई ४–१ गोलअन्तरले सजिलै हराएको छ । जीतसँगै लिभरपुलले प्रिमियर लिगको शीर्ष स्थानमा ५ अङ्कको अग्रता बनाउन सफल भएको हो ।
खेलको ३५ औँ मिनेटमा डार्विन नुनेजले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा एलेक्सिस म्याक एलिस्टरले टोलीको अग्रता दोब्बर बनाए । अफ्रिका कपका दौरान इजिप्टका लागि खेल्दा घाइते भएपछि पहिलोपटक मैदानमा फर्किएका शालाहले ६८ औँ मिनेटमा तेस्रो गोल थपे । इभान टोनीले एक गोल फर्काए पनि कोडी गाक्पोले ८६ औँ मिनेटमा अर्को गोल थप्दै टोलीलाई सहज जीत दिलाए ।
शनिबार हुने खेलमा आर्सनल र म्यानचेस्टर सिटीले जीत हासिल गरे दुवै टोली लिभरपुलभन्दा २ अङ्कले मात्र पछि हुनेछन् । त्यसमाथि सिटीले लिभरपुलभन्दा दुई खेल कम खेलेको छ । २५ खेलबाट लिभरपुलको ५७ अङ्क रहेको छ । २३ खेल खेलेको सिटीको ५२ अङ्कसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको आर्सनलले २४ खेलबाट समान ५२ अङ्क बटुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घरेलु मैदानमा पनि हार्यो रियाल मड्रिड
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट