कविता
नेता हुँदाहुँदै
शनिबार, ०५ फागुन २०८०, १८ : ४३

प्रिय नेता !
कति चुनाव जित्नुभयो
कति नियुक्ति खानुभयो
माननीय र सम्माननीय हुनुभयो
पार्टीको उच्च पदमा पुग्नुभयो
सबै हुँदाहुँदै केही बन्न छुटेजस्तो लाग्दैन ?
असल मानव बन्न
राष्ट्रप्रेमी बन्न
विकास प्रेमी बन्न
गरिब जनताको आँसु पुछ्ने रुमाल बन्न
युवाहरूको साथी बन्न
एउटा असल नेता बन्न
देश र जनताको अभिभावक बन्न
मैले भुलेँछु जस्तो लाग्दैन, प्रिय नेताज्यू !
(म्याग्दी–२, बगरफाँट ।)