लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौँ । देशका विभिन्न स्थानबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले म्याग्दी र कैलाली जिल्लाबाट उनीहरूलाई पक्राउ गरेको हो ।
म्याग्दीको बेनी नगरपालिका-८ पिपल चोकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ करिब ४ किलो ४६ ग्रामसहित मालिका गाउँपालिका-२ रूम बस्ने ३४ वर्षीय तिलक बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
उता कैलालीको धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ५ सय मिलिग्रामसहित गोदावरी नगरपालिका बस्ने २३ वर्षीय नरेश बोहरालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको मुद्दा पर्सा सरकारी वकिल कार्यालयमा बुझाइयो
-
शिक्षक-प्रहरीको झडपमा पत्रकार घाइते
-
वैशाखमै दुई ठुला प्रतियोगिता आयोजना गर्दै नेपाल हक्की संघ
-
झुठो आरोप लगाउनेहरूलाई प्रधानमन्त्रीकाे प्रश्न : मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरूले प्रमाणित गर्न सक्छन् ?
-
प्रधानमन्त्री ओलीको प्रश्न : मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ?
-
पूर्वपाकिस्तानी मन्त्रीले खोजे अदनानको नागरिकता, गायकले के भने ?