मिमबहादुर परियारका चार कविता
१) कर्नाली
ऐ कर्नाली बगेस् तो आफ्नै वेगमा
लैजाएस् ती कुसंस्कार
बगाएस् मानवताविरोधी पर्खाल
भनेस् ती मान्ठलाई अब चल्दैन यस्तो ।
(मान्ठ– मान्छे ।)
२) सुइना
सुइना देखेको छिया
आफ्नै भूमिले कोल्टे फेरेको
कल्पना गरेको थिएँ
समता समानता र सामाजिक स्वतन्त्रताको
झल्याँस् बिउँझिन्छु
सत्य अर्कै छ, दृश्य उस्तै छ ।
(सुइना– सपना । छिया– थिएँ ।)
३) आमा
कर्नाली आमा !
अब बेला भएको छ
जागृत बनाउने, जागरण फैलाउने ।
कर्नालको धारमा टेक्दै
क्रान्तिको बिगुल फुकेको धेरै भयो
आमा !
पढाऊ, प्रकृतिको काखमा बसेर पाठ
सिकाऊ, ती हातलाई मानव कसरी लेख्ने
मेटाऊ, तमाम विभेदकारी व्याकरण
देखाऊ, पहाड पखेरा
र भन, जात व्यवस्था मुर्दावाद ।
४) प्रकृति
पहाडका पातिहाल्नाले देखाउनु विभेद
बताइदिनु त्यो अपराध जघन्य हिंसा हो भनी
कुनाका ढोगन्नाले सुनाइदिनु
सत्य के हो
सिकाउनु निश्छल जलजला
बसाउनु पाटनमा, समाउनु ती हात
देखाउनु
ती घोडा, गाई, भेडा समान चौरमा चरेको
एकै घाँस चपाएको
र भन्नू, तुमि मान्ठ हौ कि कुमान्ठ !
(मष्टो परम्परामा अग्ला डाँडाकाँडा काट्दा थुम्कोमा यात्रुले फूल, पाती, रूखका हाँगाबिँगा चढाउने चलन हुन्छ । त्यस्तै, ठाउँठाउँमा रूख, नदीका छेउ, पहाडको फेद, टुप्पोमा ढोगन्ना हुन्छन् । मानिस उक्त ठाउँमा ढोग्ने, चामल फूल चढाउने गर्छन् । जलजला : जुम्ला जिल्लामा अवस्थित ठूलो पाटनको नाम ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईँको यो साता कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता
-
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
-
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
-
आन्तरिक राजस्वमा ४० प्रतिशत वृद्धि, सशर्त, समपूरक र विशेष अनुदानमा २२.१ प्रतिशतले कमी
-
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा