तस्बिरमा हेर्नुहोस् काभ्रे कृषि महोत्सव

बनेपा । कृषि क्षेत्रको विकासका लागि काभ्रेमा कृषि महोत्सव आयोजना गरिएको छ । बनेपा–८ स्थित करुणा मार्गमा १५० वटा स्टलसहित वृहत् काभ्रे कृषि महोत्सव सञ्चालन भइरहेको छ । बजारमुखी एवम् निर्यात योग्य कृषि उत्पादन समृद्ध र समुन्नत काभ्रेको अभियान भन्ने नाराका साथ जिल्ला समन्वय समिति काभ्रेले महोत्सव आयोजना गरेको हो ।
काभ्रेमा उत्पादित कृषि तथा पशुजन्य उपजहरूको प्रदर्शनी तथा बजारीकरण तथा कृषकहरुको आर्थिक अवस्थामा सुधार ल्याउने, कृषिका नयाँ प्रविधिहरूको बारेमा जानकारी प्रदान गर्न महोत्सव आयोजना गरिएको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले जानकारी दिए । कृषि पेसामा लाग्नका लागि नागरिकहरूलाई उत्प्रेरित गर्ने उद्देश्यले ‘बृहत् कृषि महोत्सव’ आयोजना गरिएको मूल आयोजक समिति संयोजक समेत रहेका उनले बताए ।
महोत्सवमा कृषि प्रविधि, रैथाने बाली, खाद्यान्न, बीउ, ताजा तरकारी, भर्मि कम्पोस्ट, दुग्धजन्य उपज, लप्सी क्यान्डी, लोकल धान, कफी, फापर पिठो, प्राङ्गारिक प्रमाणित कृषि उपजहरू प्रदर्शन तथा बिक्रीका लागि स्टल राखिएको छ । महोत्सवमा राखिएको स्टलमा बुद्धचित्त माला, धानको उन्नत बीउ, मौरी गोला, हस्तकला, एभोकाडो, सिताके च्याउ, कालिज, लोकल कुखुरा, पनिर, खुवा, लोकल चामल, घिउ, कोल्ड च्याम्बर प्रविधि लगायतका स्टल छन् ।
महोत्सवमा कृषिका लागि आएका प्रविधि र विभिन्न सवालहरुका विषयमा प्राविधिक सेमिनार, वित्तीय साक्षरता सम्बन्धी सेमिनार, कृषकहरूका रैथाने प्रविधिहरूको प्रदर्शन, उन्नत बीउ विजन, यन्त्र, औजार, उपकरण अन्य सामाग्रीहरूको बिक्री वितरण, स्थलगत बाली तथा माटो शिविर गर्ने लक्ष्य राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?