युवाको सहयोगमा गाउँमा एम्बुलेन्स
शनिबार, ०५ फागुन २०८०, १२ : २७

दमक । रोजगारीको सिलसिलामा हङकङ बस्दै आएका उर्लाबारीका युवाले गाउँमा एम्बुलेन्स उपलब्ध गराएका छन् । उर्लाबारी नगरपालिकालाई हङकङमा बसोबास गर्दै आएका परिवारले रु २५ लाख ५० हजार सङ्कलन गरी पठाएको रकमबाट एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको वडा नं ९ का अध्यक्ष नरबहादुर मोक्तानले बताए ।
वडाध्यक्ष मोक्तानका अनुसार एम्बुलेन्स सेवा विपन्न परिवारलाई निःशुल्क प्रदान गरिनेछ नगरपालिकाले विपन्न परिवारसम्बन्धी कार्यविधि बनाइरहेको तथा त्यो तयार भएपछि विपन्न परिवार परिचयपत्र वितरण गरी त्यसका आधारमा सेवाग्राहीलाई निःशुल्क सेवा गरिनेछ ।
एम्बुलेन्स खरिदका लागि हाल हङकङमा बस्दै आएका उर्लाबारी–९ का याम सेम्बुले एक्लैले रु पाँच लाख ३० हजार एकसय ७६ र अन्य दाताले थप रकम उपलब्ध गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्षिक नीति तर्जुमा गर्दै लुम्बिनीको सामाजिक विकास मन्त्रालय
-
टेस्लाकी ‘ह्विसलब्लोअर’ले जितिन् मस्कविरुद्धको लडाई
-
ट्रम्प ट्यारिफले अमेरिकी अर्थतन्त्रमा धक्का दिन्छ: फेड अध्यक्ष जेरोम पावेल
-
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपा बैठक बस्दै
-
युद्धपछि गाजामा कस्तो रहला इजरायली सेनाको भूमिका ?
-
लेनदेन विवादमा शर्मिला वाइबामाथि आक्रमण