पोखरा म्याराथनका सबै पुरस्कार केन्याली धावकलाई

पोखरा । १८ औँ संस्करणको सफल पोखरा म्याराथनको तीनवटै पुरस्कार केन्याली धावकले जितेका छन् । पहिलो, दोस्रो र तेस्रो केन्याका धावक बने भने नेपाली धावक सान्त्वना भएका छन् । यो वर्षको उपाधि केन्याली धावक जुलियस मुरिला वाहोमले जितेका छन् । निर्धारित ४२.१९५ किलोमिटरको दुरी उनले २ घण्टा १९ मिनेट ३६ सेकेन्डमा पार गरेका हुन् ।
अघिल्लो वर्षको प्रतियोगितामा उनी दोस्रो भएका थिए । आफ्नो दौडमा सुधार गर्दै यो वर्ष उनले उपाधिमा कब्जा जमाएका हुन् । दोस्रो पुरस्कार पनि केन्याकै इसाक किहारा कामिरीले हात पारे । उनले २ घण्टा २० मिनेट ५ सेकेन्डमा दुरी पार गरेका हुन् । यस्तै तेस्रो स्थान केन्याकै इड्वीन किप्लागेटले जिते ।
उनले २ घण्टा २० मिनेट ४५ सेकेन्डमा दुरी पार गरेका हुन् । नेपालका किरण बोगटी सान्त्वना बने । उनले २ घण्टा २४ मिनेट २ सेकेन्डमा दुरी पार गरेका हुन् । अघिल्लो वर्ष पनि पहिलो र दोस्रो उपाधि केन्याकै धावकले जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरको एक सुधार केन्द्रमा युवकको शङ्कास्पद मृत्यु, परिवारद्वारा छानबिनको माग
-
एकानब्बे वर्षमा आँखाको ज्योति फर्किएपछि...
-
प्रतिष्ठान र परिसङ्घबिच सहकार्यको समझदारी
-
बाबुरामप्रति कमल थापाको टिप्पणी- 'हताश मानसिकता उदाङ्गो भयो'
-
भाषामा अल्झिरह्यो प्रदेश सरकार
-
ताप्लेजुङमा सवारी सञ्चालन बन्द गर्ने यातायात व्यवसायीको निर्णय