टेलर स्विफ्टद्वारा गोलीकाण्डमा मारिएकी महिलाको परिवारलाई एक लाख डलर दान
![टेलर स्विफ्टद्वारा गोलीकाण्डमा मारिएकी महिलाको परिवारलाई एक लाख डलर दान](https://npcdn.ratopati.com/media/news/20240217081118_zugV4XIQMm.png)
लस एन्जल्स । अमेरिकी पप गायिका टेलर स्विफ्टले केनससमा भएको सामूहिक गोलाबारीमा मारिएकी महिलाको परिवारका लागि १ लाख डलर दान गरेकी छन् । केनसस सिटीको केकेएफआई रेडियो स्टेसनकी डीजे लिसा लोपेज–गेल्वनको गत बुधबार केनसस सिटी चिप्स परेडमा गोलाबारी हुँदा मृत्यु भएको थियो ।
४४ वर्षीया गोलाबारी पीडितको परिवारका लागि ७५ हजार डलर जुटाउने लक्ष्यका साथ बिहीबार दिउँसो एलिाबेथ लोपेज–गेल्वन मेमोरियल पेज बनाइएको थियो । शुक्रबार बिहान जब टेलरले दान गरिन्, यो राशि आफ्नो लक्ष्यबाट अगाडि बढेको थियो ।
टेलरले शुक्रबार बिहान ५० हजार डलरका दुई सेट दान गरिन् र कुल राशि लक्ष्यभन्दा अगाडि बढ्यो । त्यो बेला करिब १३ सय व्यक्तिले दान गरेका थिए । टेलरले सुरुमा ५० हजार डलर दान गरेकी थिइन् । त्यसको आठ मिनेट पछि पुनः ५० हजार डलर दान दिइन् । अहिले पेजमा १ लाख ७३ हजार भन्दा बढी रकम जम्मा भइसकेको छ ।
आफ्नो दानका साथ टेलरले लोपेज–गेल्वनको मृत्युमा शोक जनाउँदै उनको परिवारका लागि समवेदना व्यक्त गरेकी छन् । ‘तपाईंको विनाशकारी नोक्सानका लागि म आफ्नो गहिरो समवेदना र प्रेमले सहयोग पठाइरहेकी छु,’ दानसँगै उनले लेखेकी छन् ।
लोपेज–गेल्वनले चिप्सको सुपर बाउल विजयको खुसी मनाउनका लागि भएको र्यालीमा सहभागिता जनाएकी थिइन्, त्यही बेला एक बन्धुकधारीले र्यालीमा गोलाबारी गरेका थिए । यो घटनामा लोपेज–गेल्वनको परिवारका तीन सदस्यसहित कुल २१ जना घाइते भएका थिए ।
‘यो राशि लिसा लोपेज–गेल्वनको परिवारलाई सहयोग गर्न बनाइएको हो । उनी चिफ्स सुपर बाउल विक्ट्री परेडको उत्सव मनाइरहेकी थिइन्, जुन बेला उनको हत्या भयो । उनको दुई सन्तान र पति जीवित छन् । उनी एक अद्भुत आमा, पत्नी, छोरी, बहिनी, काकी, भतिजी र कैयौँ मानिसका साथी थिइन् । हामी अनुरोध गर्दछौँ कि तपाईं उनको परिवारलाई आफ्नो प्रार्थनामा सहभागी गराउनुहोस्, किनकि हामी उनको मृत्युमा शोक मनाइरहेका छौँ । यो राशि उनको परिवारलाई यो अकल्पनीय पीडाको सामनामा महत्त्वपूर्ण आर्थिक सहयोग प्रदान गर्न मद्दत मिल्नेछ । कुनै पनि मूल्यलाई स्विकारिनेछ’, गो फण्ड मी पेजमा लेखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली विधानसभा चुनावमा निल भएपछि राहुल गान्धीले के भने ?
-
मुक्तकमैया र कमलरीको समस्या समाधान गर्न सरकारले पहल गर्छ : मन्त्री राणा
-
देशको राजनीतिले असल पार्टी खोजेको छ : अध्यक्ष नेपाल
-
दार्चुलामा भारत सरकारको सहयोगमा निर्मित जिल्लामा स्वास्थ्य चौकी भवन उद्घाटन
-
आपमाथि मोदीको कटाक्ष : परिवर्तन गर्नेछु भनेर आएकाहरू बेइमान निस्किए
-
अध्यादेशमा जसपा नेपालको आपत्ति कहाँ ?