विश्वविद्यालयको शिक्षा युवा पलायन रोक्ने हुनुपर्छ : मुख्यमन्त्री पाण्डे
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वविद्यालयले दिने शिक्षा बढ्दो युवा विदेश पलायनलाई रोक्ने हुनुपर्ने बताएका छन् । गण्डकी विश्वविद्यालयको चौथो वार्षिकोत्सवको आज पोखरा महानगरपालिका–३२ मालमुलस्थित विश्वविद्यालयको मुख्य भवन परिसरमा उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले देशको जनशक्ति विदेश पलायन हुने क्रम बढिरहेको बताए ।
विश्वविद्यालयले विद्यार्थीको विश्वास जित्न नसकेको उनको भनाइ थियो । शिक्षा क्षेत्रमा राजनीतिकरण हुन नहुने उल्लेख गर्दै उनले यसका लागि सबै इमान्दार बन्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले युवा पलायनसँगै घरवार, संस्कृतिका साथै पूँजी पलायन भइरहेका कारण यसबारे गम्भीर बन्नुुपर्ने बताउनुुभयो । गण्डकी विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त राख्दै अनुसन्धान एवम् रोजगारमुलक शिक्षामा जोड दिनुपर्ने उनको भनाइ थियो ।
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वविद्यालयको अभावका कारण नभइ प्रदेश एवम् देशको आवश्यकता अनुसारको शिक्षा दिने सोचका साथ गण्डकी विश्वविद्यालय स्थापना भएको स्पष्ट पारे । गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले विश्वविद्यालयले देशका लागि आवश्यक पर्ने जनशक्ति तयार गर्ने किसिमले त्यही किसिमका पाठ्यक्रम पढाउँदै अध्ययन अनुसन्धानमा जोड दिएको बताए ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले मागमा आधारित प्राविधिक शिक्षा अहिलेको आवश्यकता औंल्याए । विश्वविद्यलायका रजिष्टार डा. कैलाश तिमल्सिनाको अध्यक्षतमा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री सुशिला सिम्खडा, उपकुलपति प्राडा नवराज देवकोटा, पोखरा विश्वविद्यलायका उपकुलपति प्राडा प्रेमनारायण अर्याल, पोखरा महानगरपालिका–३२ का वडाध्यक्ष अक्कलबहादुुर कार्कीलगायतले व्यवहारिक एवम् रोजगारमुलक शिक्षाले नै युवा पलायन रोक्न सकिने धारणा राखे ।
कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगितामा विश्वविद्यालयका तर्फबाट विजेता विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । सो अवसरमा शिक्षासेवी जर्ज जोनलाई समेत सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता शनिबार
-
सिद्धार्थ बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा १०% सम्मको छुट
-
सौर्य जहाज दुर्घटना : पीडित परिवारको न्यायका लागि महासंघले खबरदारी गर्ने
-
कर्णाली प्रदेश : संसदीय समितिले बल्ल पाए नेतृत्व
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित