प्रहरी कल्याण कोषबाट २२ हजार लाभान्वित

काठमाडौँ । नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको अवधिमा प्रहरी कल्याण कोषबाट २२ हजार ८३३ जना सहयोग गरेको छ ।
कोषको सुविधाबाट बहालवाला र सेवा निवृत्त प्रहरी कर्मचारी एवं तिनका आश्रित परिवार, अशक्त प्रहरी कर्मचारी र अमर/सहिद प्रहरी परिवारका सदस्य लाभान्वित भएका हुन् ।
नेपाल प्रहरीका बहालवाला र सेवा निवृत्त प्रहरी कर्मचारी एवं तिनका आश्रित परिवार, अशक्त प्रहरी कर्मचारी र अमर÷सहिद प्रहरी परिवारका सदस्यहरूको लागि विभिन्न योजना तर्जुमा गरी कार्यान्वयन गर्दै आएको केन्द्रीय प्रहरी समाचारमा जनाइएको छ ।
प्रहरी कल्याण कोषको सेवा र सुविधालाई पारदर्शी तुल्याउँदै अघि बढ्ने नीति तथा त्यसबाट प्रहरी सेवाप्रति आकर्षण र आस्था अभिवृद्धि हुनका साथै समग्र प्रहरी जनशक्तिको मनोबल बढ्ने अपेक्षा कोषले गरेको समाचारमा उल्लेख छ ।
कोषले विद्यालयस्तरमा जेहेन्दार छात्रवृत्ति, उच्च शिक्षामा पनि छात्रवृत्ति, स्वास्थ्य तथा औषधोपचार अनुदान शैक्षिक कर्जा, ६ जना छन् । सामाजिक सुरक्षा, काजकिरिया खर्च, विवाह अनुदान, सहुलियत ऋण, घर निर्माण तथा मर्मतसम्भार कर्जा, चारपाङ्ग्रेरदुईपाङ्ग्रे सवारी साधन खरिद कर्जालगायत सुविधा प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एउटै जिल्लामा १२ जलविद्युत् आयोजना निर्माणाधीन
-
महालक्ष्मीको बार आज कुन राशिलाई कति लाभ ?
-
कति पुग्यो युरो, पाउण्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?
-
अमेरिकाको हड्सन नदीमा हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु
-
बिस्केट जात्राको भैरव रथ वंशगोपाल पुगेर फर्काइँदै
-
काठमाडौंमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै