आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

५०० विकेट लिने दोस्रो भारतीय बलर बने अश्विन

शुक्रबार, ०४ फागुन २०८०, १९ : ००
शुक्रबार, ०४ फागुन २०८०

नयाँ दिल्ली । भारतीय अफ स्पिनर रविचन्द्रन अश्विनले टेस्ट क्रिकेटमा आफ्नो ५०० विकेट पूरा गरेका छन् । उनी यो उपलब्धि हासिल गर्ने दोस्रो भारतीय बलर बनेका छन् । यसअघि अनिल कुम्बलेले १०५ खेलमा यो उपलब्धि हासिल गरेका थिए । 

राजकोटमा इङ्ल्यान्डविरुद्धको तेस्रो टेस्ट म्याचको दोस्रो दिन अफ स्पिनरले इङ्ल्यान्डका ज्याक क्राउलीलाई आउट गरेपछि अश्विनले यो उपलब्धि हासिल गरेका हुन्। अश्विन यो उपलब्धि हासिल गर्ने विश्वका नवौँ बलर बनेका छन् ।  यो सूचीमा अस्ट्रेलियाका तीन, इंग्ल्याण्ड-भारतबाट २-२ र श्रीलंका-वेस्ट इन्डिजका १-१ बलर समावेश छन्। 

 अश्विनले ९८औँ टेस्टमा ५०० विकेट पुरा गरे । उनी सबैभन्दा कम टेस्टमा ५०० विकेट लिने बलरको सूचीमा दोस्रो स्थानमा छन् । श्रीलंकाका मुथैया मुरलीधरनले ८७ खेलमा ५०० विकेट पूरा गरेका थिए ।

अश्विनले भारतमा नै सबैभन्दा बढी विकेट लिएका छन् । त्यसमा पनि वानखेडे स्टेडियमले उनलाई सबैभन्दा बढी सफलता दिलायो। उनले मुम्बईको यो मैदानमा जम्मा ५ खेल खेलेर ३८ विकेट लिएका थिए । अश्विनले आफ्नो घरेलु मैदान चेपौक रंगशालामा ४ खेलमा ३० विकेट लिएका छन् ।  अश्विनले भारतमा ५८ खेलमा ३४७ विकेट लिएका छन् ।  

अश्विनले अस्ट्रेलियामा विदेशमा सबैभन्दा बढी विकेट लिएका छन् । उनले अस्ट्रेलियाको घरेलु मैदानमा कुल १० टेस्ट खेलेर ३९ विकेट लिए। यसबाहेक उनले श्रीलंकामा ६ टेस्टमा ३८ विकेट लिएका छन् ।

अश्विनले इङ्ल्यान्डका कप्तान बेन स्टोक्सलाई सर्वाधिक १२ पटक आफ्नो शिकार बनाए । गत महिना टेस्ट क्रिकेटबाट संन्यास लिएका अस्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नर पनि ११ पटक अश्विनको बलमा आउट भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप