नवलपुरमा पाटेबाघ मृत फेला
शुक्रबार, ०४ फागुन २०८०, १८ : २२
![नवलपुरमा पाटेबाघ मृत फेला](https://rpcdn.ratopati.com/media/albums/nawalpur_E7LUoDoeWZ.jpg)
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दुमा शुक्रबार पाटेबाघ मृत फेला परेको छ । मध्यविन्दु–१० अरुणखोलास्थित भूपू तमासपुर जाने बाटो नजिकैको वनमा भाले पाटेबाघ मृत फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडलले प्रहरी र डिभिजन वन कार्यालय कावासोतीको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ । “करिब १० देखि १५ दिन अगाडि पाटेबाघ मरेको अनुसन्धानबाट खुलेको छ”, उनले भने ।
डिभिजन वन कार्यालयका वन अधिकृत अर्जुन सापकोटाले सो घटनाको अध्ययन गर्न पशु चिकित्सकसहितको टोली खटिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९० हजार मेट्रिक टन गहुँ आयात गर्न ५८ कम्पनीको आवेदन
-
सामाजिक सञ्जाल सम्बन्धी विधेयक हुबहु पारित हुँदैन : महामन्त्री थापा
-
अख्तियारले भ्रष्टाचारमा संलग्न ठुला माछाहरू पक्राउ गर्नुपर्छ : देवकोटा
-
चिसापानी–गड्डा चौकी सडकखण्ड ६ लेनको बन्छ : परराष्ट्रमन्त्री
-
प्रहरी जवानलाई कुटपिट गर्ने चार युवक पक्राउ
-
वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित