विश्व सामाजिक मञ्चमा जलवायु परिवर्तनले श्रम क्षेत्रमा पारेको असरबारे छलफल
काठमाडौँ । तेस्रो विश्व सामाजिक मञ्चमा जलवायु परिवर्तनले श्रम क्षेत्रमा पारेको प्रभावका विषयमा छलफल भइरहेको छ । बिहीबारदेखि काठमाडौँमा सुरु भएको सम्मेलनमा विश्वमा जलवायु परिवर्तनले पारेको प्रभावका विषयमा पनि छलफल सुरु भएको हो ।
श्रमजीवी वर्गको पक्षमा समाजवादी सोच भएकाहरुको विश्व सम्भव छ भन्ने सन्देश दिने विश्व सामाजिक मञ्चको सम्मेलनको उद्देश्य रहेको छ । सम्मेलनमा श्रमिकका मुद्दाहरु, सामाजिक सुरक्षा, लैगिक, किसान र जलवायु परिवर्तन लगायतका विषयहरु उठाइएको छ ।
सम्मेलनमा श्रमजीवी, मजदुर र किसानको पक्षमा वातावरण बन्नुपर्ने पक्षमा नेपालले मत राख्ने अखिल नेपाल टे«ड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले बताए । उनले गरिखाने श्रमजीवी वर्गको पक्षमा समाजवादी सोच भएकाहरुको विश्व सम्भव छ भन्ने सन्देश दिनको लागि सम्मेलन भइरहेकाले नेपालले पनि त्यही अनुसारको मुद्दाहरु उठाएको बताए । नेपालमा श्रमजीवी वर्गहरुको संख्या धेरै रहेकाले मुख्य गरेर सामाजिक सुरक्षाको विषयलाई प्राथमिकता दिएको बताए । उनले नेपालमा जलवायु परिवर्तन, महिला हिंसा र श्रमिका मुद्दाहरुलाई पहिलो प्राथमिकता दिएको बताए। उनले सम्मेलनमा उठेका मुद्दाले विश्वमा भएका सबै देशका सरकारहरुलाई दबाब सिर्जना गर्ने विश्वास रहेको बताए । उनले युवा, महिला, श्रमिक र जलवायु परिवर्तनका विषयमा कार्यक्रमहरु गरिरहेको बताए । उनले टे«ड युनियन भित्र समान कामको समान ज्याला लगायत कार्यस्थलमा हुने महिला हिंसाको विषयमा छलफल चलिरहेको बताए ।
अध्यक्ष सिम्खडाले सामाजिक सुरक्षा श्रमिकहरुको पक्षमा भए मात्रै नेपालमा युवाहरु बस्ने र श्रम गर्ने वातावरण सिर्जना हुने बताए । उनले विदेशी मुलुकमा सामाजिक सुरक्षा राम्रो भएकाले नेपालीहरु पनि विदेशमा जाने गरेको बताए । उनले नेपाल सरकारले पनि सामाजिक सुरक्षा कार्यान्वयन गरी श्रमको सिर्जना नेपालभित्रै गर्न युवाहरुलाई मुलुकभित्रै रोक्न सक्ने बताए । उनले जलवायु परिवर्तनको कारण हिमालहरु पग्लने,पर्यटन क्षेत्रका श्रमिकको रोजगारी खोसिने समस्या देखिएकाले नेपालले विश्व सामाजिक मञ्चमा मुद्दालाई उठाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसले युक्रेनमा हाइपरसोनिक प्रणालीको क्षेप्यास्त्र प्रहार गरेको दाबी
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता
-
भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा
-
काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने
-
रातको समयमा काठमाडौंंमा गयो भूकम्प
-
१२ बजे, १२ समाचार : बीआरआई ऋणमा स्वीकार्न नसकिने प्रधानमन्त्रीको भनाइदेखि आन्दोलनबाट क्षति पुगेको रास्वपाको निष्कर्षसम्म