तीनवटै प्रतिवेदन भरोसा जगाउने गरी आएनन्- प्रदीप पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले केन्द्रीय समितिमा प्रस्तुत तीन प्रतिवेदनले आशा सिर्जना गर्न नसकेको बताएका छन् । शुक्रबार केन्द्रीय समितिको बैठकमा पौडेलले प्रतिवेदनमा समस्या आएपनि समाधानका लागि ठोस प्रस्ताव नभएको बताए ।
‘तपाईहरुले समस्या सबै ल्याउनुभएको छ । समस्या बुझेको देखिन्छ । केही समाधानका बारेमा गगनजीले समेट्नु भएको छ । तर, पूर्ण हुन सकेन । कुनैपनि दस्तावेज समाधान गर्ने गरी आएनन्,’ पौडेलले भने ।
निराशामा रहेको पार्टी कार्यकर्तालाई भरोसा दिने गरी प्रतिवेदन नआएको पौडेलको भनाइ छ। ‘जो कांग्रेसमा बसौं कि अरु तिर जाऔं भन्ने मनस्थिति बनाएका छन् । यस्तो सन्देशले कांग्रेसमै रोक्न सकिन्न,’ पौडेलले भने । सुशासन शब्दले प्रतिवेदनमा एकदमै धेरै ठाउँ पाएपनि सुशासन ल्याउने विधिबारे प्रतिवेदन मौन रहेको पौडेलले सुनाए ।
‘दस्तावेजमा शब्द मात्रै राखेर सुशासन आउँछ त ? सुशासन ल्याउने प्रक्रिया के हो ?’ पौडेलको प्रश्न छ, ‘सुशासन मन्त्रालय बनाउने हो कि ? अख्तियारलाई निष्पक्ष बनाउने हो कि ? लागू गर्ने कार्ययोजना के हो ?’
सरकारमा बसेको दलले बोलेर मात्रै नहुने र व्यवहारमा देखिनुपर्ने पौडेलले बताए । संघीयता बोझिलो भएको भनिरहँदा प्रशासनिक खर्च कटौतीबारे दस्तावेजमा कुनै विषय उल्लेख नभएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागि भएनन् पुर्णबहादुर र गगन
-
भ्यानले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
-
सरकारले भन्यो, ‘फास्ट ट्र्याकबाट विद्यालय शिक्षा विधेयक ल्याउँछौँ, शिक्षकहरु काममा फर्कनुस्’
-
कालिगण्डकी डाइभर्सनबारे सर्वोच्च अदालतले के भन्यो ? (पूर्णपाठ)
-
विवाह बन्धनमा बाँधिँदै पूर्वमिस नेपाल अश्मी
-
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवको अपिल