स्थापना दिवसमा गण्डकी सरकारबाट १० कर्मचारी पुरस्कृत, रेग्मीलाई १ लाखको पुरस्कार

पोखरा । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा १० जना कर्मचारी पुरस्कृत भएका छन् । सर्वोत्कृष्ट,उत्कृष्ट र निजामति पुरस्कारबाट उनीहरु पुरस्कृत भएका हुन् ।
यसवर्षको सर्वोत्कृष्ट प्रदेश निजामति सेवा पुरस्कार मुख्यमन्त्री कार्यालयका सचिव शम्भुराज रेग्मीले पाएका छन् । उत्कृष्ट प्रदेश निजामति पुरस्कार मुख्यमन्त्री कार्यालयका प्रदीपचन्द्र सुवेदी, जलस्रोत तथा सिञ्चाई डिभिजन कार्यालय पर्वतका विष्णुहरी अधिकारी र यातायात व्यवस्था कार्यालय कास्कीका समिना पुनले पाएका छन् ।
यस्तै प्रदेश निजामति पुरस्कार पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका सुरेशकुमार श्रेष्ठ, मुख्यमन्त्री कार्यालयका शिव लम्साल, अर्थ मन्त्रालयका तेजेन्द्रप्रसाद ढकाल, आयुर्वेद स्वास्थ्य केन्द्र मनाङका डा.शंकर गौतम, गोरखा अस्पतालका प्रतिमा श्रेष्ठ र पर्यटन तथा उद्योग कार्यालय कास्कीका अर्जुन काफ्ले छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुमनाले किन दिइन् रास्वपाको सह–महामन्त्री पदबाट राजीनामा ?
-
कोसेली छाला जुत्ता उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना
-
ललिता निवास प्रकरण : दुई पूर्वप्रधानमन्त्रीविरुद्धको मुद्दा पूर्ण इजलासमा
-
हुम्लाको श्रीनगरमा वर्षासहितको बाढी, १० भन्दा बढी पसल र घरमा क्षति
-
बागमतीका मेयर थापाविरुद्धको मुद्दामा आज पनि सुनुवाइ
-
आजबाट हास्य कार्यक्रम ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने