आरती साहका लागि न्याय माग्दै नेविसंघको प्रदर्शन (तस्बिरहरु)
शुक्रबार, ०४ फागुन २०८०, ११ : ४८
_v0WN2TQZy4.jpg)
काठमाडौँ । कांग्रेस निकट नेपाल विद्यार्थी संघले आरती साहको लागि न्याय माग्दै प्रदर्शन गरेको छ । शुक्रबार नेविसंघ त्रिचन्द्र इकाइले साहका लागि न्याय माग्दै प्रदर्शन गरेको हो ।
उनीहरूले घण्टाघर नजिक नाराबाजी गर्दै प्रदर्शन गरेका हुन । कार्यक्रममा सहभागीहरुले ‘आरती साहलाई न्याय देऊ’, ‘महिला हिंसा बन्द गर’ भन्ने लगायतका नारा लेखिएको प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका थिए ।