शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमाले स्थायी समिति बैठक सकियो, यस्तो भयो निर्णय

सोमबार, ०३ वैशाख २०७५, २१ : १३
सोमबार, ०३ वैशाख २०७५

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेकपा एमालेको स्थायी समितिको बैठक सम्पन्न भएको छ । बैठक पार्टी एकता र समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।  

एमालेले प्रस्तावित वैशाख ९ गते नै पार्टी एकता गर्नेगरी माओवादी केन्द्रसँग अधिकतम समझदारी निर्माण पहल गर्नुपर्ने निष्कर्ष निकालेको छ । 

‘बैठकले एकतालाई पछि धकेल्ने अवस्था आउन दिन नहुने निर्णय गरेको छ ।’ नेता सुवास नेम्वाङले जानकारी दिए । 

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाल, पार्टी उपाध्यक्षद्वय वामदेव गौतम र भीम रावल, नेता सुवास नेम्वाङ, महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेललगायत सहभागी थिए । 

दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकीकरण सम्बन्धमा आजै बिहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा आपसी छलफल भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप