एनिमेटेड चलचित्र ‘सलिना’ चैत्र १६ मा रिलिज हुने
काठमाडौँ । नेपालको पहिलो एनिमेटेड चलचित्र ‘सलिना’ चैत्र १६ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले वितरणसँगको छलफलबाट फिल्मको रिलिज मिति चैत्र १६ गते तय गरेका हुन् ।
श्री ब्यांकटेश इन्टरटेन्डमेन्ट प्रा.लीको तर्फबाट मनोज राठी र उज्ज्वल पौडेलले वितरण गर्ने चलचित्रको डिजिटल पाटनर ओएसआर डिजिटल रहको छ । रेनमेकर एनिमेसन एकेडेमीद्वारा निर्मित काल्पनिक कथामा बेनेको यो चलचित्रमा सम्पूर्ण रुपमा नेपाली प्राविधिक र नेपाली भाषामा प्रयोग भएको छ । चलचित्रमा पाश्र्व आवाज बाहेक अन्य कुनै भौतिक पात्रको प्रयोग भएको छैन ।
पहिलो चरणमा मल्टिप्लेक्स चलचित्र घरमा मात्र रिलिज हुने चलचित्र दोस्रो चरणमा अन्य सिंगल थियटरहरुमा लाग्नेछ । चलचित्रले रिलिज मितिको अलावा दोस्रो अफिसियल पोस्टर पनि सार्वजनिक गरेको छ । चलचित्र तेजस राज जोशीले निर्देशन गरेका हुन् ।
तेजसराज जोशी र श्रुति श्रेष्ठले निर्माण गरेको यस चलचित्रलाई शिव पुरी र श्रुति श्रेष्ठले सम्पादन गरेका छन् । ग्राफिक कलाकारहरु सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धर हुन् । चलचित्रको सूचना प्रविधि र नेटवर्किङको प्राविधिक कार्य अचिन सुन्दर प्रधानले गरेका छन् ।
चलचित्रले राजकुमारी सलिनाको कथा बताउँछ । उनी अरूसँग मिलेर सबैभन्दा ठूलो राक्षसनीलाई हराउनको लागि विभिन्न तालिम लगायतका यात्रा सुरु गर्छिन् ।
रेनमेकर एनिमेसन एकेडेमी काठमाडौँ बालाजुमा अवस्थित नेपालको एक प्रतिष्ठित एनिमेसन र भिजुअल इफेक्टस् एकेडेमी हो । जसले विगत १० वर्षदेखि थ्रिडी एनिमेसन र भिजुअल इफेक्टस् संवन्धि तालिम प्रदान गर्दै आएको छ । ‘सलिना’ निर्माण गरेर चलचित्र यात्रा सुरु गरेको एकेडेमीले अगामी दिनमा चलचित्र निर्माण गर्ने बताएको छ ।
‘सलिना’मा बेनिशा खतिवडा, अदिती ज्ञवाली, एज्मे कुइंकेल, झरना राई, तेजसराज जोशी, सुशील नेपाल, देव न्यौपाने, शिव पुरी, युबिन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगिन महर्जन, अविनाश सिंह थारु, शिरभा मानन्धर, बिराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राज कर्णिकारलगायतले स्वर दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककनी–२ मा कांग्रेसकाे घरदैलो कार्यक्रम तीव्र
-
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
-
भर्जिनियामा मापसे गरी गाडी कुदाउँदा २ नेपाली युवाको मृत्यु, चालकविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक