रौतहटमा आफैलाई गोली हानेर युवकद्वारा आत्महत्या
बिहीबार, ०३ फागुन २०८०, १७ : २५

रौतहट । रौतहटमा एकजना युवकले आफैँले बोकेको कटुवा पेस्तोलले गोली हानेर आत्महत्या गरेका छन्। जिल्लाको वृन्दावन नगरपालिका ७ धमौराका ४५ वर्षीय जयप्रकाश साहले कटुवा पेस्तोलले गोली हानेर आत्महत्या गरेका हुन्।
बिहिवार बिहान ९ बजेर ४५ मिनेटमा आफ्नो घरमै रहेको अवस्थामा जयप्रकाशले कटुवा पेस्तोलले आफ्नै छातिमुनी पेटको माथिलो भागमा एक राउण्ड गोली प्रहार गरेका थिए। गोली लागेर अचेत अवस्थामा उनलाई उपचारको लागि भरतपुर अस्पतालमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी ओमा प्रकाश खनालले बताए।
उनले प्रयोग गरेको पेस्तोल प्रहरीले नियनत्रणमा लिएको छ। मृतकको शव पोष्मार्टमका लागि भरतपुर अस्पतालमा राखिएको डिएस्पी खनालले बताएका छन। घटनाको कारण बारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्सको लगातार दोस्रो जित, चेन्नईलाई चड्कन
-
उदण्ड प्रदर्शनका दोषीमाथि कानुनी कारबाही गर्न महासंघको माग
-
स्टुआर्ट बने नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्र समर्थकको उद्दण्ड प्रदर्शनमा दुई जनाको मृत्युदेखि कर्फ्यू आदेश र सेना परिचालनसम्म
-
ज्ञानेन्द्र समर्थकको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण
-
प्रभु साहले मागे प्रधानमन्त्री ओलीको राजीनामा