आरआर क्याम्पस २ दिन बन्द
बिहीबार, ०३ फागुन २०८०, १७ : १७

काठमाडौं । १६ औं विश्व सामाजिक मञ्चको कार्यक्रमका लागि भन्दै रन्त राज्यलक्ष्मी क्याम्पस (आरआर) तीन २ बन्द हुने भएको छ ।
फागुन ४ गतेदेखि ६ गतेसम्म विश्व सामाजिक मञ्चले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रम रत्न राज्यलक्ष्मी क्याम्पसमा हुन गइरहेको हो । त्यसका लागि क्याम्पसले भोलि ४ गते र पर्सी ५ गते कक्षाहरू सञ्चालन नहुने जनाएको छ ।
उक्त मितिमा बिहान ८ः४५ बजेदेखि साँझ ४ बजेसम्मका कक्षाहरू सञ्चालन नहुने भएको सहायक क्याम्पस प्रमुख रामबहादुर कार्कीले बताए ।