रुस पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
बिहीबार, ०३ फागुन २०८०, १६ : २५

काठमाडौँ । वैदेशिक रोजगारीका लागि रुस पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर घर भई हाल काठमाडौँको स्वयम्भू बस्ने ३० वर्षीय मिलन तामाङ रहेका छन् ।
तामाङले गणेश बिसीसमेत २ जनालाई वैदेशिक रोजगारीमा रुस पठाएर कन्स्ट्रक्सन कम्पनीमा काम लगाइदिने भन्दै १ लाख ६५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार तामाङलाई फागुन २ गते सामाखुसीबाट पक्राउ गरिएको हो । उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजा ज्ञानेन्द्र : ‘मौकामा चौका हान्न’ समर्थक उचाल्ने प्रयास !
-
सप्तकोशी नदी किनारबाट १८० किलो गाँजा बरामद
-
भाषा हराएमा समाज कमजोर हुनसक्छ : सभापति देउवा
-
सम्बन्ध विच्छेदको हल्लाबारे के भन्छिन् मिशेल ?
-
पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्ध अर्को पक्राउ पुर्जी जारी
-
जनतासँग माओवादी तराई मधेस जागरण अभियान पुन: सुरु