भारतीय नागरिकलाई काठमाडौँ ल्याएर बन्धक बनाउने ८ जना सार्वजनिक

काठमाडौँ । ‘अमेरिका सपना’ देखाएर भारतीय नागरिकहरुलाई काठमाडौँमा ल्याएर बन्धक बनाएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । आरोपीहरुलाई काठमाडौँको विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले रातोपाटीलाई बताए ।
फागुन २ मा काठमाडौंँ प्रहरीले आरोपीहरुले बन्धक बनाएका ११ जनालाई काठमाडौँ महानगरपालिका–९ स्थित रातोपुलबाट उद्धार गरेको थियो । पक्राउ पर्नेमा भारतीय नागरिकहरु अब्दुल रहिम, इन्दुसिंह यादव, चरणजित सिंह, अशोक कुमार, मनिषकुमार मल्होत्रा, निपुन गुप्ता, मोहम्मद सविर मिया र नेपाली नागरिक रामचन्द्र शर्मा छन् ।
आरोपीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । आरोपीहरुविरुद्ध शरीर बन्धक बनाउन नहुने कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको काठमाडौँका एसएसपी खत्रीले जानकारी दिए ।
पक्राउ गरिएका ८ जना मध्येका नेपाली नागरिक रामचन्द्र शर्माले रातोपुलमा भाडामा घर खोजिदिएका हुन् । उनलाई शरीर बन्धक मुद्दा नचलाउने जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा : अर्थ मन्त्रालय र कर्मचारीबाट सहयोग भएन
-
माल्टा पठाउँछु भनेर २४ लाख ठगी गरेको आरोपमा पक्राउ
-
सरकार - शिक्षक वार्ता : सहमति भए १२ को परीक्षा गर्न दिने तर आन्दोलन नरोक्ने
-
दिगो लगानीको लागि एनएमबि बैंकको पहल : तीन निकायबिच साझेदारी पत्रमा हस्ताक्षर
-
तीन तहले छरिएर काम गर्दा नतिजा निस्कन गाह्रो भयो, स्वास्थ्य समस्या समाधानमा मिलेर काम गरौँ : स्वास्थ्य मन्त्री
-
वार्ताका लागि शिक्षकहरूको पर्खाइमा शिक्षामन्त्री