जिपको ठक्करबाट साइकलमा सवार दिदी बहिनीको मृत्यु
बुधबार, ०२ फागुन २०८०, २२ : १७

घोराही । दाङको देउखुरीमा जिपको ठक्करबाट साइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ज्यान गुमाउने दुवै दिदीबहिनी हुन् ।
लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका–८ पिपरीमा पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र३–०१०२२ च १३६९ नं को जिपले आज साँझ सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिएपछि उक्त घटना घटेको हो ।
मृत्यु हुनेमा साइकलमा सवार प्युठानको झिमरूक गाउँपालिका–१ घर भई हाल राप्ती गाउँपालिका–८ पिपरी बस्दै आएकी ३५ बर्सिया राधा बस्नेत र उनकी बहिनी १६ बर्सिया बिपना केसी रहेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए ।
जिपको ठक्करबाट गम्भीर घाइते राधाको लमही अस्पतालमा तथा बिपनाको क्रिसमस अस्पताल रुपन्देहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक मल्लले बताए । ठक्कर दिने जिपका चालक फरार रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको विकास र समृद्धिको आधार पर्यटन : परराष्ट्रमन्त्री
-
२०८१ सालमा लुम्बिनी प्रदेश : एमालेलाई लाभैलाभ, साना दललाई संकट
-
नागरिकको भरोसा बढाउने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
-
नर्भिक अस्पताल ३३ औँ वर्षमा प्रवेश, तीन दशकमा २५ लाखभन्दा बढीले लिए सेवा
-
शिक्षकहरूले नयाँ वर्ष सडकमै मनाउँदै
-
नेपाल एयरलाइन्सद्वारा ऋण बापतको ५३ करोड ९ लाख भुक्तानी