राष्ट्रिय भलिबल प्रतियोगिता : फाइनलमा त्रिभुवन आर्मी र गण्डकी प्रदेश भिड्ने

बुटवल । गण्डकी प्रदेश जिल्ला भलिबल सङ्घको टोली र त्रिभुवन आर्मी रुपन्देहीको तिलोत्तमा जारी नवौँ मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबलको उपाधिका लागि भिड्ने भएका छन् ।
बुधवार भएको सेमिफाइनलको पहिलो खेलमा विभागीय टोली नेपाल प्रहरीलाई ३–२ ले हराउँदै गण्डकी प्रदेश जिल्ला भलिबल सङ्घको टोलीले फाइनल यात्रा तय गरेको हो । दोस्रो खेलमा सशस्त्र प्रहरी बल भलिबल क्लबलाई सोझो सेटले हराउँदै त्रिभुवन आर्मी क्लबले फाइनल यात्रा तय गरेको हो ।
पहिलो सेट २५–२१ र दोस्रो २५ –१७ बनाएर दुई सेट आफ्नो पोल्टामा पारेको गण्डकीले तेस्रो सेट र चौथो सेट भने नेपाल पुलिस क्लबले २५–१९ ,२५–२०, बनाएर बराबरीमा पुगेको थियो । गण्डकीले नेपाल पुलिसलाई १० मा रोक्दै १५ बनाएर फाइनल यात्रा तय गरेको हो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै गण्डकीका खेलाडी जीवन सुनार खेलको म्यान अफ द म्याच हुन सफल भएका छन् । उनी नगदसहित सम्मानित भएका छन् ।
दोस्रो खेल त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबिच भएको खेलमा सोझो सेटमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । त्रिभुवन आर्मी क्लबले एपीएफलाई २५–२२ ,२५–२०, २५–२३, मा रोक्दै आर्मीले फाइनल यात्रा तय गरेको हो । खेलमा म्यान आफ द म्याच भएको त्रिभुवन आर्मी क्लबका खेलाडी मानबहादुर श्रेष्ठलाई नगदसहित सम्मान गरिएको थियो ।
उपाधिका लागि त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशका बिचमा बिहीबार प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको तेस्रो स्थानका लगि नेपाल प्रहरी र एपीएफ क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा विजेता समूहले नगद २ लाख १ रुपैयाँसहित कप मेडल प्रमाणपत्र पाउने छन् । द्धितियले १ लाख ५० हजार १ रुपैयाँ नगदसहित कप मेडल प्रमाणपत्र हात पार्नेछन् ।
तृतीय स्थान प्राप्त गर्ने समूहले नगद १ लाख १ रुपैयाँ नगदसहित कप, मेडल प्रमाणपत्र पाउने छन् । सान्त्वना स्थान प्राप्तले नगद ५० हजार १ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म
-
राष्ट्रिय व्यावसायिक तथा प्रशिक्षण प्रतिष्ठान र नेपाल हस्तकला महासङ्घबीच समझदारी पत्रमा हस्ताक्षर