चलचित्र विकास बोर्डमा अभिनय कार्यशाला

काठमाडौँ । कला क्षेत्रमा क्रियाशील कलाकारहरुको सीप एवं क्षमता अभिवृद्धिका लागि चलचित्र विकास बोर्डले माघ २९ देखि ५ दिने निःशुल्क अभिनय कार्यशाला सञ्चालन गरिरहेको छ ।
बोर्ड सदस्य एवं कार्यक्रम संयोजक राजु केसीका अनुसार बोर्डमा ३४ कलाकारहरुले कार्यशालामा अभिनय प्रशिक्षण लिइरहेका छन् । अभिनेता भोलाराज सापकोटाले प्रशिक्षण दिइरहेको कार्यशालाका सहभागीहरुलाई बोर्डले खाजा र खानाको समेत व्यवस्था गरेको बोर्ड सदस्य केसीले बताए ।
कार्यशालामा अभिनय अभ्यास, नवरस, द्वन्द्व र चरित्रको सम्बन्ध, अभिनेताको तयारी, छायांकनको तयारी एवम् अभिनय सम्बन्धी सैद्धान्तिक एवं प्रयोगात्मक ज्ञान सीप प्रदान गरिने प्रशिक्षक सापकोटाले जानकारी दिए ।
बोर्डले केही समय पश्चात् मेकअप तथा सम्पादन सम्बन्धी कार्यशाला पनि सञ्चालन गर्ने तयारी गरिरहेको बोर्ड सदस्य एवं प्रवक्ता के एल बुढाथोकीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभु साहको प्रश्न : म्यानपावरहरूले १० हजार सेवा शुल्क लिनुपर्नेमा लाखौँ रकम असुलिरहँदा सरकार किन मौन ?
-
अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने
-
असल अभ्यास आदानप्रदान गर्न स्थानीय निकायबिच समन्वय हुनुपर्छ : महर्जन
-
विश्वकपको यात्रामा वर्षा बाधक बन्दा समर्थकको नाराबाजी, खेलाडी निराश
-
काठमाडौँ उपत्यकाको वायु प्रदूषण कम गर्न साइकलमैत्री कानुनको माग गर्दै प्रदर्शन (तस्बिरहरू)
-
पटक-पटक नाकबाट रगत बग्छ ? हेमोफिलिया हुनसक्छ