विधान अधिवेशन
माओवादीमा केन्द्रीय अध्यक्ष पार्टी सदस्यबाट प्रत्यक्ष चुनिनुपर्ने सुझाव
बुधबार, ०२ फागुन २०८०, १७ : २०
काठमाडौँ । माओवादी केन्द्रको जारी विधान अधिवेशनमा पार्टीको केन्द्रीय अध्यक्ष सम्पूर्ण पार्टी सदस्यबाट प्रत्यक्ष रुपमा चुनिनुपर्ने सदस्यहरुले सुझाव दिएका छन् ।
बुधवार समूह ९ बाट आएका सुझाव समूह नेता रञ्जित तामाङले अधिवेशनमा प्रस्तुत गरेका थिए । समूहगत छलफलमा केही सदस्यहरूले केन्द्रीय अध्यक्ष पार्टी सदस्यहरूबाट अध्यक्ष चुनिनुपर्ने र पदाधिकारीको उम्मेदवार केन्द्रीय सदस्यबाट हुनुपर्ने सुझाव दिएका हुन् ।
यस्तै सम्पूर्ण समिति प्रत्यक्ष निर्वाचित हुनुपर्ने सुझाव दिएका छन् । केहीले समितिले पदाधिकारी चुन्ने व्यवस्था यथावत् राख्नुपर्ने धारणा राखेका छन् । यसैगरी पार्टीका हरेक पदाधिकारी र राजकीय पदहरूमा एक तहमा दुई कार्यकालको व्यवस्था राख्नुपर्ने धारणा राखेका छन् । तर समानुपातिक प्रतिनिधित्व र राष्ट्रियसभा सदस्य एक कार्यकाल बनाउनुपर्ने सुझाव आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका ५ सहकारी ‘समस्याग्रस्त’ घोषित, कसको दायित्वमा कति रकम ?
-
प्रयागराज महाकुम्भमेला : धार्मिक पर्यटन प्रवर्द्धन गर्न उपयोगी
-
बाँकेमा भेटिए बीस प्रजातिका चरा
-
रुसी राष्ट्रपतिलाई ट्रम्पको चेतावनी-युक्रेन युद्ध समाप्त गर्ने कि आर्थिक दण्ड भोग्ने ?
-
पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, यी स्थानमा वर्षा र हिमपातको सम्भावना
-
आर्सनल, इन्टर मिलान र एसी मिलान च्याम्पियन्स लिगको अघिल्लो चरणमा