एसियन कपको सेमिफाइनल अघि आफ्नै साथीसँगको झगडामा सनको औँलामा चोट लागेको दाबी
काठमाडौँ । एएफसी एसियन कप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा दक्षिण कोरियाका प्रभावशाली खेलाडी ह्युङ मिन सन आफ्नो औँलामा पट्टी बाँधेर मैदानमा ओर्लिएका थिए । उक्त खेलमा जोर्डनसँग २–० गोलले पराजित हुँदै दक्षिण कोरिया उपाधि होडबाट बाहिरिएको थियो ।
खेलपछि ह्युङ मिन सनको औँलामा लागेको चोटको विषयमा सञ्चारकर्मीहरुले जिज्ञाँसा राखेका थिए । तर, दक्षिण कोरियाली टोलीका पदाधिकारीहरुले त्यसको विषयमा कुनै स्पष्ट जवाफ दिएका थिएनन् ।
अप्रत्यासित रुपमा एसियन कपको सेमिफाइनलबाटै बाहिरिएपछि ह्युङ मिन सन ब्यवसायीक फुटबल खेल्न इङ्ल्यान्ड फर्किएका थिए । उनी प्रिमियर लिग क्लब टोट्टनहामबाट ब्यवसायीक फुटबल खेल्छन् । इङ्ल्यान्ड फर्कंदा पनि उनको औँलामा पट्टी बाँधिएकै थियो ।
३१ वर्षीय अनुभवी स्ट्राइकर ह्युङ मिन सनको औँलामा चोट लाग्नुको कारण अहिले विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक भएको छ । खासमा, एसियन कपको सेमिफाइनल खेलअघि आफ्नै टोलीका खेलाडीहरुसँग बिवाद हुँदा उनको औँलामा गम्भिर चोट लागेको बताइएको छ ।
सेमिफाइनल खेलअघि रातिको खाना समयमा ह्युङ मिन सन टोलीका युवा खेलाडीहरुसँग कुरा गर्न चाहन्थे । उनी दक्षिण कोरियाली टोलीका कप्तान पनि हुन् । तर, टोलीका केही युवा खेलाडी हतार–हतार खाना खाएर बाहिरिएका थिए ।
त्यसपछि ह्युङ मिन सनले ती खेलाडीलाई पुनः खाना खाने स्थानमा बोलाएका थिए । बाहिर निस्किएका खेलाडीहरु फर्किएपछि आगामी खेलको विषयमा कुराकानी भइरहेको थियो । सोही क्रममा अचानक केही युवा खेलाडीबिच विवाद सुरु भयो ।
आफ्ना खेलाडीबिच बिवादसँगै हात हालाहाल समेत हुन थालेपछि ह्युङ मिन सन बचाउमा ओर्लिएका थिए । सोही क्रममा उनको औँलामा गम्भीर चोट लागेको दाबी समाचारहरुमा गरिएको छ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का २२ वर्षीय मिडफिल्डर काङ ईन ली पनि झगडामा सामेल रहेको बताइएको छ ।
यद्दपि, भोलिपल्ट मैदानमा यी दुबै खेलाडी एकसाथ देखिएका थिए । सोही घटनाका कारण एसियन कपको सेमिफाइनलमा सनले औँलामा पट्टी बाँधेर खेल्नु परेको दाबी समाचारमा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म