विशेष क्षमताका विद्यार्थीहरूका लागि निर्मित विद्यालयको उद्घाटन
_CyOUsHdxDB.jpg)
काठमाडौँ । नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका विशेष क्षमता भएका सन्ततिहरूलाई शिक्षा तथा जीवनोपयोगी सीप सिकाउने उद्देश्यले निर्माण गरिएको वरदान सैनिक विशेष दिवा विद्यालयको प्रधान सेनापति महारथी प्रभुराम शर्मा र सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्माले उद्घाटन गरेका छन् ।
सैनिक श्रीमती संघको पहलमा सैनिक कल्याणकारी कोषको लगानीमा छाउनीमा निर्मित उक्त विद्यालयको २०७९ मङ्सिर १४ गते प्रधान सेनापति तथा सैनिक संघकी अध्यक्षले शिलान्यास गरेका थिए । सैनिक श्रीमती संघको संरक्षकत्वमा सञ्चालन हुने उक्त विद्यालयमा शैक्षिक सत्र २०८१ बाट ३० जना विशेष क्षमता भएका बालबालिकाहरू भर्ना गरी पठनपाठन आरम्भ गरिनेछ ।
समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापतिले परोपकारका क्षेत्रमा क्रियाशील सैनिक श्रीमती संघको पहलमा निर्मित यस विद्यालय बहालवाला र अवकाश प्राप्त सैनिक व्यक्तिहरूका विशेष क्षमता भएका सन्ततिहरूको शिक्षा र जीवनोपयोगी क्षमता विकाशमा महत्त्वपूर्ण साबित हुने विश्वास व्यक्त गरे । उनले श्रीमती संघका सेवामूलक गतिविधिहरूको सराहना गर्दै यस विद्यालय सञ्चालनका लागि सहायता जुटाउन आयोजित वरदान सुर सन्ध्यामा सहयोग पुर्याउने कलाकारहरू लगायत सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गरे । संघका अध्यक्ष सुनिता शर्माले वि.सं. २०४० कार्तिक २२ गते स्थापित सैनिक श्रीमती संघ सैनिक व्यक्तिहरूका परिवारको कल्याण सँगसँगै विपद् प्रभावित र अभावमा रहेका सर्वसाधारणको हितका क्षेत्रमा समेत क्रियाशील रहँदै आएको कुरा बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाले नेपालमा देखेको सुरक्षा थ्रेट गम्भीर : सापकोटा
-
कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले एमालेसँग सहकार्य गर्नुस् : शेखर कोइराला
-
जुम्लाको दुर्गम गाउँ सडक सञ्जालमा जोडियो
-
सुनको मूल्य सामान्य वृद्धि, तोलामा १ लाख ७० हजार ३०० पुग्यो
-
हनिमुन मनाउन गएको जोडी आपसमै कुटाकुट गरेर फर्कियो, अदालतमा मुद्दा
-
एमसीसी स्थगन गरेकोमा विप्लव नेतृत्वको नेकपाद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद