आलुबालीको रोग पत्ता लगाउन सक्ने क्षमता अभिवृद्धि
बुधबार, ०२ फागुन २०८०, १५ : ३६

काठमाडौँ । आलुबालीको रोग पत्ता लगाउन सक्ने क्षमता अभिवृद्धिका लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) एक दिने तालिम आयोजना गरेको छ । नार्कअन्तर्गत पर्ने राष्ट्रिय बाली अनुसन्धान केन्द्रले सो तालिम आयोजना गरेको हो । तालिममा ३५ जना आलुबालीको अनुसन्धानमा काम गर्ने प्राविधिक र विद्यार्थी सहभागी थिए ।
आलुबालीका रोग निदान र मूल्याङ्कन गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सो तालीम आयोजना गरिएको हो ।
बालीनालीको जातीय विकासको बाधक रोग र कीरा भएकोले सोको निदान र व्यवस्थापनमा सो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने केन्द्रका वैज्ञानिक वशिष्ठ आचार्यले बताए ।
नेपालमा करिब १ लाख ९८ लाख हेक्टर क्षेत्रफलमा ३४ लाख मेट्रिक टन आलु उत्पादन हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा
-
वडाध्यक्षलाई विद्युत् पोलमा बाँधिएको भिडियो भाइरल- के हो वास्तविकता ?
-
१० बजे १० समाचार : राजु पाण्डेलाई निलम्बन गर्न मागदेखि रास्वपा नेतृविरुद्ध अवलेहलना मुद्दासम्म
-
कोरला नाकामा प्रदेशको भवनबाट अध्यागमन कार्यालय हटाउन संघलाई मुख्यमन्त्री पाण्डेको चेतावनी
-
मालिकार्जुन गाउँपालिकाले मासिक रूपमा शिक्षकको तलब खातामै पठाउने
-
‘शिक्षकहरुको धैर्यताको बाँध टुट्ने अवस्थामा पुगिसक्यो’