यी कलाकार जोडी, जसको एक्सन कटमै टुसायो प्रेम
काठमाडौँ । विश्वकै कलाकारलाई प्रेम बाहिरिँदा फ्यान क्रेज घट्ने डर हुन्छ । त्यसैले सकेसम्म उनीहरु आफ्नो प्रेम लुकाउँछन् । तर जति नै लुकाउन खोजेपनि कुनै न कुनै माध्यमबाट उनीहरुको प्रेम बाहिरिने गरेको छ । अधिकांश कलाकारको प्रेम त सुटिङ सेटबाटै सुरु भएको सुन्न पाइन्छ । बलिउडमा फिल्म सेटमा प्रेम परेका थुप्रै जोडी छन् । बेलाबेलामा तिनको चर्चा समेत हुँदै आएको छ । अहिले यहाँ कलिउड अर्थात नेपाली फिल्म क्षेत्रका ती जोडीको चर्चा गर्दैछौँ जसको प्रेम एक्सन कटको क्रममा सुरु भयो ।
सीताराम र कुञ्जना
हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे जोडी कलाकारीतामा धुर्मुस–सुन्तलीको रुपमा चिनिन्छन् । सानोपर्दाको ‘मेरी बास्सै’ अभिनय सिलसिलामा यी दुवैको प्रेम बसेको थियो । जुन विवाहमा समेत परिणत भइसकेको छ । सीताराम र कुञ्जनाले २०६५ प्रेम विवाह गरेका थिए । विवाहपछि कलाकारिता र समाजसेवामा समेत यो जोडीसँगै रहेको देख्न सकिन्छ । लोभलाग्दो प्रेमसम्बन्ध देखाउने यस जोडीको एक छोरी छिन् ।
निखिल र सञ्चिता
अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइटेलबिचको प्रेमको सुरुवात फिल्म सेटबाटै भएको थियो । पहिलो पटक ‘माया त माया हो’ फिल्ममा सहकार्य गरेका यो जोडीको प्रेम त्यहीबाट टुसाएको थियो । निखिल र सञ्चिता दुबै पहिलै विवाहित भएकोले पनि प्रेमपछिको विवाह चर्चा र विवादित भयो । अहिले निखिल र सञ्चिता सुखद जीवनयापन गरिरहेका छन् । उनीहरुका २ सन्तान छन् ।
लक्ष्मी र जीवन
अभिनेत्री लक्ष्मी बर्देवा र कलाकार जीवन भट्टराईको प्रेमपनि रंगमञ्चबाट सुरु भएको हो । मण्डला थिएटरमा अभिनय सिक्दा र गर्दा उनीहरुको प्रेम बसेको हो । लामो समयको प्रेमलाई उनीहरुले परिवारको मन्जुरीविपरीत अन्तरजातीय विवाह गरेका थिए । लक्ष्मी र जीवनको जोडीलाई उदाहरणीय जोडीको रुपमा हेरिन्छ । उनीहरु एकअर्काको सहकार्यमा समेत काम गरिरहेका छन् ।
वर्षा र संजोक
अभिनेत्री वर्षा राउत र संजोक कोइरालाको प्रेम सम्बन्धको निकै चर्चा हुन्छ । कलाकारिताकै क्रममा प्रेममा परेका यो जोडीले ६ वर्षको प्रेम २०७५ फागुन २ गते अर्थात् प्रणय दिवसकै दिन विवाहमा परिणत गरे ।
प्रियंका र आयुष्मान
प्रियंका कार्की र आयुष्मान देशराज जोशीबिच पनि फिल्म अभिनय सिलसिलामा प्रेम बसेको थियो । केही फिल्मसँगै अभिनय गरेपछि यी जोडीले विवाह गरेका थिए । दुबैले फिल्मको अलवा म्युजिक भिडियो, विज्ञापन लगायत एकसाथ काम गरेका छन् ।
आश्मा र संयम
आश्मा डीसी र संयम पुरीको प्रेम पनि फिल्म सेटबाटै भएको थियो । गतवर्ष विवाह गरेका यो जोडी लामो समय प्रेममा रमाएका थिए । आश्मा र संयम दुबै अमेरिकामा छन् ।
दीपिका र दिवाकर
अभिनेत्री दीपिका प्रसाँई र निर्देशक दिवाकर भट्टराइबिच प्रेम फिल्म सेटमै बसेको थियो । फिल्म ‘ऐश्वर्य’मा दीपिकालाई दिवाकरले ब्रेक दिएका थिए । उनीहरुले केही वर्षको प्रेम विवाहमा समेत परिणत गरिसकेका छन् । दुबै अहिले आमाबुबा बन्ने तयारीमा छन् ।
मुकेश र मेलिना
अभिनेता मुकेश ढकाल र अभिनेत्री मेलिना मानन्धरको प्रेम पनि अभिनय सिलसिलामा बसेको थियो । केही फिल्मसँगै गरेका उनीहरुले प्रेम विवाह गरेका हुन् । यी दुबै अहिले अमेरिकामा छन् ।
निश्मा र गम्भीर
अभिनेत्री निश्मा घिमिरे र नृत्य निर्देशक गम्भीर विष्टको प्रेम पनि एक्सन कटको क्रममा बसेको थियो । म्युजिक भिडियो निर्माणको सिलसिलमा नजिक भएका यी दुवैले केही वर्षको प्रेमलाई विवाहमा परिणत गरे । गम्भीर र निश्माले थुप्रै म्युजिक भिडियोमा एकसाथ काम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन
-
ककनी–२ मा कांग्रेसकाे घरदैलो कार्यक्रम तीव्र
-
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
-
भर्जिनियामा मापसे गरी गाडी कुदाउँदा २ नेपाली युवाको मृत्यु, चालकविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु