विकल र सुनिल पौडेललाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । विदेशमा सम्पत्ति लुकाएको आरोपमा पक्राउ परेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । विशेष अदालतले पौडेलद्वयलाई थप १० दिन हिरासतमा राख्न बुधवार अनुमति दिएको हो ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार पौडेलद्वयलाई थप १० दिन हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गरिएको छ । यसअघि ३ पटक ७ दिनका दरले २१ दिन हिरासतमा राख्न अनुमति दिइएकामा बुधवार थप १० दिन हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गरिएको हो ।
विदेशको बैंकमा रकम राखेको प्रमाण भेटिएपछि पौडेलद्वयलाई गत माघ १० गते अख्तियारको टोलीले पक्राउ गरी हिरासतमा राखेको थियो । सेक्युरिटी प्रिन्टिङ घोटाला प्रकरणमा मुछिएपछि उनीहरु निलम्बनमा परेका थिए ।
अख्तियारले २०८० असोज १५ गते पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग गर्दै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । त्यस्तै २०८० वैशाखमा विकल पौडेल लगायतका व्यक्तिविरुद्ध ७० करोड रुपैयाँ बराबरको बिगो मागदावी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको थियो ।
विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भइसकेपछि पनि स्रोत साधन दुरुपयोग गरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको र विदेशमा सम्पत्ति लुकाएको तथ्य फेला परेको भन्दै उनीहरुविरुद्ध पक्राउ पुर्जी लिई अनुसन्धान सुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जुगजुग जियो’ अभिनेत्री प्रजक्ताले गरिन् नेपाली युवकसँग विवाह
-
लगातार दुई पटक उपाधि चुम्ने एकमात्र राष्ट्र
-
नेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान
-
ट्रम्पसँगको भेटलाई म्याक्रोँले भने ‘टर्निङ प्वाइन्ट’, युक्रेन मुद्दामा हात हाली
-
मे महिनामा मोदी रुस भ्रमणमा जान सक्ने
-
प्रत्यक्ष निर्वाचित कार्यकारी भएर बालेन नै आए पनि फरक पर्दैन : प्रचण्ड