फिल्म सेटमै प्रेममा परेका बलिउडका ५ जोडी
मुम्बई । प्रेमकथा अक्सर फिल्ममा देखाइने गरिन्छ । पर्दामा प्रेमी प्रेमिकाको रूपमा देखिने कलाकारको जोडी दर्शकलाई रियल समेत लाग्छ । बलिउडमा पनि थुप्रै रियल प्रेमकथा छ, जो फिल्मको पर्दामा सुरु भएर वास्तविक जीवनसम्म पुगेको छ । तीमध्ये ५ जोडीको चर्चा यहाँ गर्न खोजिएको छ ।
दीपिका र रणवीर
अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको प्रेम फिल्मको पर्दाबाट सुरु भएको थियो । रिलमा प्रेम गर्दा रियलमै प्रेममा परेका यी जोडीले विवाह समेत गरिसकेका छन् । केही फिल्ममा रिल जोडी बनेपछि दुवैले रियल जोडी बन्ने निर्णय लिएका थिए । विवाहपछि पनि उनीहरू पर्दामा सँगै देखिँदै आएका छन् ।
अजय देवगन र काजोल
अभिनेता अजय देवगन र अभिनेत्री काजोलको प्रेम पनि फिल्म सेटमै टुसाएको थियो । यी दुईको प्रेम लामो समय टिक्दैन भनेर धेरैले भन्थे । करिब तर ४ वर्षको प्रेमलाई अजय र काजोलले सन् १९९९ मा विवाहमा परिणत गरे । यी दुवैको वैवाहिक जीवन अहिलेसम्म राम्रो चलिरहेको छ । विवाहपछि पनि दुवै पर्दामा प्रेम जोडीको रूपमा समेत देखिँदै आएका छन् ।
अभिषेक र ऐश्वर्या
अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या रायको सम्बन्ध पनि फिल्म सेटबाटै अगाडि बढेको थियो । अभिनयमा सिलसिलामा बसेको प्रेम उनीहरुले विवाहमा परिणत गरे । दुवैको प्रेमको निशानी एक छोरी छन् । २००७ मा विवाह गरेका यो जोडीको पछिल्लो समय डिभोर्सको हल्ला समेत धेरै मिडियामा छाउने गरेको छ ।
अक्षयकुमार र ट्विङ्कल
अभिनेता अक्षयकुमार र अभिनेत्री ट्विङ्कल खन्नाले सन् २००१ मा विवाह गरेका थिए । यी दुईको प्रेम फिल्म अभिनयको सिलसिलामा बसेको थियो । विवाहपछि ट्वीङ्कल अभिनय बाहिर छिन्, भने अक्षय अहिले पनि फिल्म अभिनयमा छन् ।
रणवीर र आलिया
अभिनेता रणवीर कपुर र आलिया भट्टको अहिले एक छोरी छिन् । उनीहरुले केही समयको प्रेम विवाहमा परिणत गरेका थिए । यी दुवैको प्रेम फिल्म ‘ब्रह्मास्त्र’बाट सुरु भएको थियो । सोनम कपुरको विवाहको रिसेप्सनमा उनीहरुले पहिलोपटक प्रेम सार्वजनिक गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको मध्यभागका सम्पदा संरक्षण गर्न सुवर्णपुर सम्पदा संरक्षण समिति
-
डा. बाबुराम भट्टराईको ‘समृद्ध समाजवाद’ अवधारणा : सम्भावना र सीमाहरू
-
सरकारले मधेसको ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको विकासमा ध्यान नदिएको प्रभु साहको आरोप
-
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ : अर्थमन्त्री पौडेल
-
चिकित्साबाट ग्ल्यामर क्षेत्रमा डेनिलाको छलाङ
-
माओवादी केन्द्रले आज कीर्तिपुरको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने