घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४ अर्ब राजश्व उठ्यो
बुधबार, ०२ फागुन २०८०, ०७ : ४६

काठमाडौँ । चालुु आर्थिक वर्षको सात महिनामा (पुस–माघ) घरजग्गाको कारोबारबाट झन्डै चार अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघ महिनामा तीन अर्ब ७१ करोड २८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
माघ महिनामा ४९ हजार २९० वटा घरजग्गा कारोबार भएको छ । गत पुस महिनामा घरजग्गा कारोबारबाट तीन अर्ब २० करोड ५२ लाख १२ हजार ५३० रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । पुस महिनामा ४५ हजार २७७ वटा घरजग्गा किनबेच भएको थियो ।घरजग्गा कारोबार बढेसँगै राजस्व सङ्कलनमा वृद्धि भएको हो ।
पुस महिनाको तुलनामा माघ महिनामा घरजग्गाको कारोबार वृद्धि भएको छ । विभागका अनुसार माघ महिनामा कुल ४९ हजार २९० वटा घरजग्गा लिखित पास भएका छन् । गोरखापत्रमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा बार्सिलोना र एटलेटिको मड्रिड अगाडि, रियाल तेस्रो स्थानमा झर्यो
-
प्रिमियर लिगमा चेल्सी फेरि हार्यो
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल