माओवादी विधान अधिवेशन: आज समूहगत छलफलको निष्कर्ष बैठकमा प्रस्तुत गरिने

काठमाडौँ । राजधानीमा मंगलबारदेखि सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशन आज पनि जारी रहने भएको छ । आज समूहगत छलफलको निष्कर्ष बैठकमा प्रस्तुत गर्ने कार्यसूची छ ।
मंगलबार २० समूह बनाएर छलफल थालिएको थियो । सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना छुट्टयाइएर विधान मस्यौदामा छलफल प्रारम्भ गरिएको र आज एक बजेसम्म छलफल गरी समूहको निष्कर्ष अधिवेशनमा प्रस्तुत गरिने महासचिव देवप्रसाद गुरुङले जानकारी दिए। बीसवटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिमरुप दिइनेछ ।
तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता छ । सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी तथा जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते