राष्ट्रिय भलिबल प्रतियोगिता : तीन विभागीय टोलीसहित गण्डकी सेमिफाइनलमा
बुटवल । रुपन्देहीको बुटवलमा जारी राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा तीन विभागीय सहित गण्डकी भिड्ने भएको छ। तिलोत्तमामा जारी नवौँ मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विभागीय टिमको दबदबा कायमै रहेको हो ।
विभागीय टिम नेपाल पुलिस, एपीएफ, त्रिभुवन आर्मी र गण्डकी प्रदेश खेलको सेमिफाइनल पुगेपछि प्रतिस्पर्धा रोचक हुने देखिएको छ । आज भएको प्रतियोगितामा नेपाल पुलिस क्लब र कोशी प्रदेश बिच भएको खेलमा नेपाल पुलिस क्लबले सोझो सेटमा कोशीलाई हराउन सफल भएको छ । प्रहरीले २५–१७,२५–१३,२५–१५ मा कोशीलाई रोक्दै नेपाल पुलिस क्लब विजयी भएको हो । खेलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाल पुलिस क्लबका खेलाडी पहल गहतराजलाई खेलको म्यान अफ द म्याच हुन सफल भएका छन् ।
दोस्रो खेल बाग्मती प्रदेश एपीएफ बिच भएको खेलमा एपीएफ क्लब विजयी भएको हो । एपीएफले पहिलो सेट २५– १८ बनाएर पहिलो सेट हात पारेको थियो तर दोस्रो सेट भने बाग्मतीले एपीएफलाई १८ मा रोक्दै २५ बनाएर पुनः खेल बराबरी बनाएको थियो । एक-एक सेट बढेको खेलको बाँकी २ सेट भने एपीएफले आफनो कोल्टामा पार्न सफल भएको छ । एपीएफले बाँकी सेट २५–१९, २५–१९ ले जित्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।
त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशबिच भएको तेस्रो खेलमा सोझो सेटमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । आर्मीले २५–१५,२५–१९,२५–१९, बनाएर जित हात पारेको हो । चौथो खेल गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबिच भएको थियो । गण्डकीले २५–१७, २५–१८, २५–२२ ले लुम्बिनीलाई हराउँदै सेमिफाइनलमा पुगेको हो ।
प्रतियोगितामा प्रथम टिमले नगद २ लाख १ रुपैयाँ, द्वितीय हुनेले १ लाख ५० हजार १ रुपैयाँ, तृतीय हुनेले नगद १ लाख १ रुपैयाँ र सान्त्वना स्थान हुनेले नगद ५० हजार १ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र पाउने छन्। प्रतियोगिता फागुन ३ गते सम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोप–२९ को सहमति : कार्बन बजार सुनिश्चिता कति सम्भव ?
-
पश्चिमी वायुको प्रभाव कायमै, कस्तो रहला देशभरको मौसम ?
-
पशुपतिनाथमा मेला, पितृको सद्गतिका लागि बत्ती बाल्न ओइरिंदै भक्तजन
-
शुभकार्य वा वैदेशिक यात्रा गर्दै हुनुहुन्छ ? हर्नुहोस् आजको राशिफल
-
पश्चिमी वायुको प्रभावले मौसममा सामान्य गडबडी, शनिबार केही ठाउँमा हिमपात हुने
-
अमेरिकी डलर, युरो, अष्ट्रेलियन डलर र रियालको मूल्य बढ्यो, कसको कति ?