कार्यपालिका सदस्यप्रति बालेनको आक्रोश, भने– आफ्नो पार्टीको कर्मचारीलाई बचाउने खेल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले कार्यपालिका सदस्यहरूप्रति आक्रोश व्यक्त गरेका छन् । मंगलबारको कार्यपालिका बैठकमा सदस्यहरुले कर्मचारीलाई स्पष्टीकरण सोधिएको विषयमा बालेनलाई प्रश्न गरेपछि उनी आक्रोशित भएका हुन् ।
कार्यपालिका सदस्यले उठाएको विषयमा बालेनले सामाजिक सञ्जालमा लेखेका छन्,‘कर्मचारीबाट के गलत भएको हो भन्ने पनि थाहा छ, कर्मचारी स्वयंले ‘मैले गलत गरेको हो’ भनेर लिखितरूपमा स्वीकारेको पनि थाहा छ, यति हुँदाहुँदै पनि अब के गर्ने भनेर कार्यपालिकाबाट अगाडि बढ्न रोक्नुको अर्थ हो, वडाध्यक्षज्यूहरूको आफ्नो पार्टीको कर्मचारीलाई बचाउने खेल । यसलाई कर्मचारीको मनोबल के हुन्छ, मेयरले एकलौटी गर्न पाइँदैन भन्ने जस्ता प्रश्नले छोप्न खोजिन्छ । साँच्चै भ्रममा हुनुहुन्छ भने निस्कनु होला । चोरभन्दा कसले खुट्टा तान्छ भन्ने जगजाहेर छ । चोरभन्दा झस्किएर आफ्नो खुट्टा तान्नेहरूप्रति हाम्रो शंका छ । प्रस्ट हुनुहोस्, गलत कृत्यलाई कारबाही गर्दा भ्रष्ट, कमिसन खोर कर्मचारीहरूको मात्रै हो मनोबल खस्किने । स्वच्छ कर्मचारीहरूको मनोबल झन् उँचो हुन्छ ।’
मेयर बालेनले गलत काम गर्नेलाई कारबाही गरिनुपर्छ भन्ने उच्च मनोबलका कर्मचारीहरूको काठमाडौँ महानगरमा कमी नरहेको उल्लेख गरेका छन् । मेयर बालेनले कर्मचारीलाई कारबाही गरिएको विषयमा प्रश्न उठाउने कार्यपालिका सदस्यमाथि प्रश्न समेत गरेका छन् ।
‘आफ्ना पार्टीका कर्मचारीलाई जे गरे पनि बचाउन जुन हदसम्म पनि जान सक्ने जनप्रतिनिधिहरूले साँच्चै स्थानीय सरकारको मर्म आत्मसाथ गर्न सकेको कसरी मान्ने ? जनप्रतिनिधिको आवरणमा कांग्रेस, एमाले र माओवादीका पार्टी प्रतिनिधि रहेको किन नभन्ने ? यस्तो गलत प्रवृत्तिले बन्छ त काठमाडौँ ?’
जनप्रतिनिधिहरूले जनताबाट म्यान्डेट लिएर आएको भन्दै उनले कर्मचारी संविधान, ऐनकानुनको सीमामा बसेर जनप्रतिनिधिहरूलाई सहयोग गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षासँगै काठमाडौँको हावाको गुणस्तरमा सुधार
-
गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी नियुक्त
-
जडीबुटी कम्पनीमा आगजनी गरेको आरोपमा थप एक जना पक्राउ
-
अमेरिकी रक्षमन्त्रीद्वारा पाँच अर्ब १० करोड डलर खर्च कटौतीको घोषणा
-
मुलुकलाई अस्थिरतातर्फ लैजान अनेक षडयन्त्रहरू भइरहेका छन् : मन्त्री गुप्ता
-
विद्यार्थी ठगी विषयमा पूजा : म दोषी छैन, दोषीलाई कारवाही होस्