प्रवासका चलचित्रकर्मीलाई भुवन केसीको सुझाव, ‘बजारको अध्ययन गरेर मात्र लगानी गर्नुस्’

काठमाडौँ । चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीले प्रवासमा बस्ने चलचित्रकर्मीलाई नेपाली चलचित्रको बजारको अध्ययन गरेर मात्र लगानी गर्न सुझाव दिएका छन् ।
विदेशबाट फिल्म प्रदर्शनका लागि हल नपाएको गुनासो आफूले धेरै सुन्ने गरेको उनको भनाइ थियो ।
‘विदेशमा बस्नेले चलचित्र बनाउनु भन्दा अगाडि कसरी बनाउने, किन बनाउने र कसरी चलाउने भन्ने ज्ञान हुनुपर्छ’, केसीले भने ‘नेपालमा कति वटा हल छ ? नेपाली चलचित्रको मार्केट कति हो ? दर्शकले कस्तो चलचित्र रुचाउँछन् ? त्यसलाई पनि अध्ययन गरेर चलचित्र बनाउनुपर्छ,’ चलचित्रलाई मनोरञ्जनको साधनको रूपमा मात्र लिने नहुने तर्क केसीले राखे ।
नेशनल डेल्फिक काउन्सिल नेपालले बेलायतको लन्डनमा आयोजना गरेको ‘नेपाली चलचित्रको छ दशक, चुनौतीहरू र अन्तर्राष्ट्रिय बजारको खोजी’ अन्तर्क्रियामा केसीले चलचित्रले देशको संस्कृतिदेखि पर्यटन प्रवर्धनसम्म ठुलो भूमिका खेल्ने बताउँदै चलचित्रबाट आफ्नो भाषा संसारभर फैलाउनुपर्ने धारणा राखे ।
‘हामीले चलचित्रबाट आफ्नो भाषा संसारभर फैलाउनुपर्छ । संसारभरका मानिसले हाम्रो भाषा बोल्न्, हाम्रो संस्कृतिलाई अपनाउन, हाम्रा कलालाई सम्मान गरुन् । अनि बल्ल नेपाली चलचित्रले केही छलाङ मारेछ भन्ने महसुस हुन्छ’ केसीले थपे ‘अध्यक्ष केसीले नेपाली चलचित्रको सम्भावना रहेका अन्तर्राष्ट्रिय बजारहरूमा चलचित्र प्रतिनिधि तोकेरै बोर्डले सहजीकरणको काम थालनी गर्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय