ललिता निवास जग्गासम्बन्धी मुद्दाको सुनुवाइ सकियो, भोलि फैसला सुनाउने तयारी
मङ्गलबार, ०१ फागुन २०८०, १७ : ५३

काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दामा सुनुवाइ सकिएको छ । माघ २ गतेदेखि निरन्तर सुनुवाइ भएको सो मुद्दाको सुनुवाइ मंगलबार सकिएको हो ।
विशेष अदालतमा भएको सुनुवाइको आज (मंगलबार) २१ औँ दिन हो । भोलि (बुधबार) फैसला सुनाउने तयारी रहेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।
यसअघि जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाडेको थियो । गुरुङसँग अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी समेत माग गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका १५ हिमाल आरोहणका लागि खुला
-
रञ्जिताले खोजिन् सीके बराबरको हैसियत
-
तीनकुने घटनाका घाइतेहरूको उपचार खर्च सरकारले ब्यहोर्छ : गृहमन्त्री
-
आठ महिनामा वैदेशिक व्यापार स्थिती : ५७.२ प्रतिशतले निर्यातमा वृद्धि हुँदा पनि देशको व्यापार घाटा करिब १० खर्ब
-
आठ महिनामा राजश्व सङ्कलन ७ खर्ब २० अर्ब, पुँजीगत खर्च ८२ अर्ब ३४ करोड
-
दुई हजार मत गन्न बाँकी रहँदै बारमा मिश्र प्यानलको जित सुनिश्चित