शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘काँडेतार’ फिल्म देश बचाउने अभियान हो : नवल खड्का

मङ्गलबार, ०१ फागुन २०८०, १७ : ४७
मङ्गलबार, ०१ फागुन २०८०

काठमाडौँ । अभिनेता तथा निर्देशक नवल खड्काले फिल्म ‘काँडेतार’ राष्ट्रवादी देश बचाउने अभिनयन भएको बताए । ‘काँडेतार’ प्रदर्शनले सबैमा राष्ट्रियताको जागर गर्ने उनको भनाई थियो ।

मंगलबार काठमाडाँैमा आयोजित फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मको रिलिजसँगै सीमा काँडेतार महाअभियानको पनि सुरु हुने बताए । ‘मैले काँडेतार राष्ट्रका लागि र राष्ट्रिय भावनाले बनाएको फिल्म हो’, खड्काले थपे, ‘मेरो यो राष्ट्रियताको भावनाले ओतप्रोत फिल्मसँग जुध्न फिल्म ल्याइएको छ । त्यो कसैबाट संचालित छ ।’ नवलले आफ्नो फिल्म रिलिजका लागि चलचित्र विकास बोर्डले सहयोग नगरेको गुनासो गरे ।

फिल्म ‘काँडेतार’ फागुन २५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । यो मितिमा अन्य फिल्म पनि रिलिज हँुदैछ । सुरुमा फगुन २५ फिल्म रिलिजका लागि खाली देखेर आफूले प्रदर्शन मिति निधारण गरेको दाबी गरेका खड्काले यो मितिमा फिल्म जुधाउन आउनेले आफूलाई पछाडिबाट छुरा रोप्ने काम गरेको धारणा राखे ।

‘काँडेतार’देशको धेरै स्थानमा च्यारेटी समेत भैसकेको छ । यो क्रममा दर्शकले नेपाली फिल्मको ६० बर्षको इतिहासमा ‘काँडेतार’ जस्तो देशभक्ति फिल्म पहिलो पहट हेर्न पाएको बताएको सुनाएका खड्काले आफूसँग जुध्न आउनेलाई फिल्मले पाखा लगाएर अगाडि बढ्ने बताए ।

कार्यक्रममा खड्काले प्रदर्शनबाट भएको फाइदाको २५ प्रतिशत रकमबाट सीमा काँडेतार अभिनयन सुरु गर्ने बताए । फिल्मको विभिन्न ठाउँमा भएको च्यारेटीमा विद्यार्थीको अध्ययनका लागि सहयोग, सिमारक्षका क्रममा सहिद भएका गोविन्द गौतमको परिवारलाई पुर्नवासमा सहयोग गरेको बताएका उल्लेख गर्दै फिल्म प्रदर्शन मितिसँगै सीमा काँडेतारको महाअभियान सुरु हुने धारणा राखे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप