गुणस्तरीय सेवा प्रवाह गर्न मन्त्री जोशीको निर्देशन
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले नागरिकहरूको असन्तुष्टि र गुनासोहरूलाई सम्बोधन गर्ने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । उनले सेवा प्रवाहको गुणस्तर कायम गरी व्यवस्थित रूपमा काम गर्न कर्मचारीहरूलाई आग्रह गरेका हुन् ।
मंगलबार जिल्ला स्वास्थ्य कार्यालय मकवानपुर र जिल्ला आयुर्वेदे स्वास्थ्य केन्द्रको स्थलगत अनुगमन गर्दै मन्त्री जोशीले पछिल्लो समय स्वास्थ्य सेवा प्रति नागरिकहरूको गुनासो क्रमशः बढ्दै गएकाले त्यसको सही रूपमा समाधानमा जुट्न जरुरी रहेको बताए । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा रहेका समस्याहरू हल गर्ने गरी नीतिगत सुधारको काम गर्ने प्रयत्न गरेकाले मातहतका निकायहरूमा कार्यरत कर्मचारी जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ ।
उनले जिम्मेवार र जवाफदेही बनेर सेवा प्रवाहमा सरकारी संयन्त्रको मुख्य पिल्लरका रूपमा रहेको कर्मचारीहरूले भूमिका खेल्नुपर्ने बताए । स्थायी सरकारको रूपमा रहेको कर्मचारी संयन्त्रले नागरिकहरुसँगको सम्बन्ध बलियो बनाउन भूमिका खेल्नु पर्ने उनको भनाई छ ।
अनुगमनका क्रममा आयुर्वेदिक स्वास्थ्य केन्द्रमा भेटिएका सेवाग्राहीसँग समेत मन्त्री जोशीले अन्तरक्रिया गरेका थिए । सेवाग्राहीहरूले आयुर्वेदिक सेवा केन्द्रको उपचार पद्धति राम्रो रहेको बताएका थिए । केन्द्रको भौतिक संरचना साँघुरो र अव्यवस्थित रहेकाले उचित व्यवस्थापन मिलाउन सेवाग्राहीहरूले माग गरेका थिए । यस्तै जोशीले केन्द्रको समस्या समाधानका लागि सरकारले प्रयत्न गरिरहेको र केन्द्रको नयाँ भवन निर्माणको काम भइरहेकाले व्यवस्थापनमा समस्या भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध
-
हवाई आक्रमणले तहसनहस पारिएका घरमा फर्किए लेबनानी
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा