काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पुनर्संरचना आवश्यक छः खानेपानीमन्त्री

काठमाडौँ । खानेपानीमन्त्री महिन्द्रराय यादवले काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधान गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पुनर्संरचना आवश्यक रहेको धारणा राखेका छन् ।
मङ्गलवार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको १६ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री यादवले काठमाडौँका जनतालाई १२ महिनै खानेपानी दिने सरकारको योजना काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पुनः संरचना नगरेसम्म सम्भव नभएको बताए ।
उनले काठमाडौँ उपत्यका खानेपानीको पुनः संरचना गरी त्यसैको प्रमुख भूमिका हुनेगरी निर्माण गर्न सके मात्रै अहिलेको खानेपानी समस्याको हल हुने विश्वास व्यक्त गरे ।
उनले काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधान गर्ने सरकारले मेलम्ची खानेपानी आयोजना ल्याउने प्रतिबद्धता जनाएको २२ वर्ष हुँदा पनि नसकेको बताए । यादवले काठमाडौँका जनतालाई पर्याप्त मात्रामा पानी अहिलेसम्म नपाएको बताए ।
उनले सरकारसँग १७ करोड लिटर पानी हुने तर माग ५१ करोड लिटर रहेको बताए ।
उनले जलवायु परिवर्तनको कारण नेपाल सबैभन्दा बढी प्रभावित देश बनेको बताए । जलवायु परिर्वतनको कारण हिमाल पग्लने,पानीका मुहानहरू र खोलाहरू सुकिरहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन कारागारमा एक सय पचासभन्दा बढी दीर्घरोगी
-
एनआईसी एशिया बैंकको पोर्टलमा उपलब्ध छन् लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी
-
‘चोलेन्द्र हटायौँ, तर व्यक्ति मात्र परिवर्तन भएर नहुँदो रहेछ’
-
विदेशमा बस्ने हरेक नेपाली नेपालको अनौपचारिक राजदूत हुन् : मन्त्री पाण्डे
-
गण्डकी प्रदेश आख्यान महोत्सव, दश जिल्लाका साहित्यकारको जमघट
-
नेपाली सेनाको स्वास्थ्य शिविरबाट ५२५ जना लाभान्दित