जनयुद्ध दिवसमा ओलीको कटाक्ष : टाउकामा बम हान्ने र टाउकाको मूल्य तोक्नेहरु सँगै सरकारमा छन्

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्ध प्रधानमन्त्री पद र सत्ताका लागि मात्रै भएको आरोप लगाएका छन् । उनले टाउकामा बम हान्ने र टाउकाको मूल्य तोक्नेहरु अहिले सँगै सरकारमा रहेको समेत कटाक्ष गरे ।
मंगलवार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्र्दै उनले पछिल्ला गतिविधिहरु हेर्दा जनयुद्ध सत्ता र प्रधानमन्त्री बन्नका लागि मात्रै भएको स्पष्ट हुने बताए ।
उनले राज्य जोगाउने नाउँमा वा जनयुद्ध चलाएर सत्ता कब्जा गर्ने नाउँमा मात्रै जनयुद्ध भएको बताए । ओलीले सत्ता र प्रधानमन्त्रीका लागि १७ हजार मानिस मर्नुपर्ने ? भन्दै प्रश्न गरे । ‘हामीले साह्रै जटिल अवस्था पार गरेर आयौँ । एउटा त, हिंसात्मक द्वन्द्व भयो । हिंसा किन र केका लागि भयो ? त्यसको पुष्टि कसैले गर्न सकेको छैन’, उनले भने, १७ हजार मानिस मारिए । मानव अधिकारको भयावह उल्लंघन भयो । मारिने १७ हजारको कुरा बेग्लै हो, धेरै घाइते, अशक्त भए, अहिले शरीरमा गोली बोकेर हिँडेका छन् । राज्य जोगाउने नाउँमा वा जनयुद्ध चलाएर सत्ता कब्जा गर्ने नाउँमा चाहिएको सत्ता रहेछ । जम्माजम्मी सत्ता । सरकार रहेछ, सांसद रहेछ । चाहिएको त प्रधानमन्त्री न रहेछ । अनि त्यत्तिका लागि यत्रो मान्छे मर्नुपर्ने ?’
अध्यक्ष ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून १८ वर्षसम्म नटुंगिनु बिडम्वना भएको बताए । उनले हिंसा मच्चाउनेहरु सरकारमा पुगेर शासक भइसक्दा समेत पीडितलाई पीडामै राख्नु कतिसम्मको न्यायसंगत हो ? भन्ने प्रश्नगरे ।
‘ट्रान्ज्सिनल जस्टिस १८ वर्षसम्म नटुंगिएर यत्तिकै पर सारेर बस्नु हुने कुरा हो । पीडितलाई पीडामै राखेर हिंसा मच्चाउनेहरु सरकारमा उहिले नै गइसके’, उनले भने, ‘१८ वर्षअघि शासक भइसके । पीडित जस्ताको त्यस्तै । डेमोक्रेसी काँग्रेसलाई आयो हामीले देख्यौँ, तर सघाइते, अपांगलाई आएन । हामी संक्रमणकालीन न्यायका कुरा किन उपलब्ध गराउँदैनौँ । राज्यको तर्फबाट मानव अधिकार उल्लंघन गर्नेहरु, हिंसा मच्चाउनेहरु, बिद्रोही भनिनेहरु पनि सरकारमा नै छन् । दुई वटै सरकारमा बसेर शासक भएका छन्, किन टुंगिदैन । किन पीडितले न्याय नपाउने ? टाउकामा बम हान्ने र टाउकाको मूल्य तोक्नेहरु सँगै सरकारमा छन्, मिलेका छन् त । लडाईं केका लागि दुई,दुई वर्ष प्रधानमन्त्रीका लागि नै रहेछ ।’
उनले एमाले संक्रमणकालीन न्यायलाई सकेसम्म छिटो टुंग्याउनुपर्ने पक्षमा रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको भविष्य तय गर्ने न्युजिल्याण्ड र बंगलादेशको भिडन्त आज
-
बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै
-
भारत र पाकिस्तानबिचको खेलमा बने यी रेकर्ड
-
आज कति छ तरकारी र फलफूलको थोक मूल्य ?
-
केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री
-
आफू र परिवारलाई धम्की आएपछि कमेडियन सजन श्रेष्ठले दिए प्रहरीमा उजुरी