मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

तेस्रो भक्तपुर कप फुटबल यसै महिना

मङ्गलबार, ०१ फागुन २०८०, १७ : ०२
मङ्गलबार, ०१ फागुन २०८०

काठमाडौँ । तेस्रो भक्तपुर कप खुला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । भक्तपुर युवा टिमले आयोजना गर्ने उक्त प्रतियोगिता फागुन १८ देखि २६ गतेसम्म सञ्चालन हुने जानकारी मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिइयो । 

प्रतियोगिता महेश्वरी खेल मैदानमै हुनेछ । आयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले प्रतियोगितामा प्रथम हुने टोलीलाई एक लाख २५ हजार र द्वितीय हुने टोलीलाई ६५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जानकारी दिए । 

खेल अवधिभरका लागि खेलाडीहरुको बिमाको व्यवस्था गरिएको जानकारी पनि उनले दिए । भक्तपुर युवा टिमको स्थापना २०५० सालमा भएको हो । टिमले पहिलो पटक २०७८ साल फागुन ६ देखि १४ गतेसम्म पहिलो भक्तपुर कप फुटबल प्रतियोगिता आयोजना गरेको थियो । दोस्रो संस्करण २०७९ साल फागुन ५ देखि १३ गतेसम्म भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप